बलात्कृतलाई भिडियो देखाएर बार्गेनिङ

बलात्कृतलाई भिडियो देखाएर बार्गेनिङ

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • बलात्कृतलाई भिडियो देखाएर बार्गेनिङ

    २ मंगसिर २०७५

    वीरगन्ज

    कात्तिक ५ गते राति घरबाहिर शौच गर्न गएका बेला सौराहा टोलका मनोज साह तेली, आकाश साह, कृष्ण साह र गोपी सहनीले एक महिलालाई सामूहिक बलात्कार गरे  । गाउँका प्रभावशाली एकै खलकका यी व्यक्ति २० देखि ३५ वर्ष उमेरका हुन् । मनोजको धान मिल छ । त्यस दिन उनीहरू झन्डा मेलाबाट फर्किंदा मदिरा पिएर आएका थिए ।

    वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी दलित महिला दुई दिनसम्म कतै उजुरबाजुर गर्न गइनन् । डरले मौन बसिन् । श्रीमान् ३ वर्षदेखि वैदेशिक रोजगारमा छन् ।

    बलात्कृत भएको दुई दिनपछि एक युवकले मोबाइलमा भिडियो देखाउँदै पैसा मागे । पैसा नदिए अरूलाई पनि देखाइदिने भन्दै धम्काए । त्यसपछि पीडित महिलाले गाउँकै एक सामाजिक कार्यकर्तासँग सल्लाह गरी कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ती चार जनाविरुद्ध किटानी जाहेरी दिइन् । मुद्दा प्रहरीकोमा आएपछि आरोपित फरार छन् ।source:golmedianepal.com

    सम्बन्धित खवर