दिपावलि मनाउने गर्ने क्रममा आगलागी, आगलागीबाट एक बालकको मृत्यु ।

दिपावलि मनाउने गर्ने क्रममा आगलागी, आगलागीबाट एक बालकको मृत्यु ।

  • , 21K जनाले हेर्नुभयो
  • 21K
    SHARES

  • दिपावलि मनाउने गर्ने क्रममा आगलागी, आगलागीबाट एक बालकको मृत्यु ।

    लहान २२ कार्तिक । लक्ष्मीपूजा गर्ने क्रममा सर्लाहीका विभिन्न ठाउँमा आगलागीहुँदा एक बालकको मृत्यु भएको छ भने तीन घर जलेर नष्ट भएका छन् । ब्रम्हपुरी गाउँपालिका–७, नोकेल्वामा आगलागीहुँदा रामलाल रायको १२ वर्षीय छोरा धनिकलाल रायको मृत्यु भएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बीआर ०६ पिए २०१८ नं. को बोलेरोभित्र लक्ष्मीपूजा गर्न बालिएको मैनबत्तीबाट आगो सल्किदा बालकको जलेर मृत्यु गएको प्रहरीले जनाएको छ । आगलागीहुँदा बालक गाडीभित्रै सुतेका थिए । गाउँलेका अनुसार रामलालले करिव एक महिनाअघि किनेको गाडीमा उहाँका छोरा धनिकलाल हरेक रात गाडीमै सुत्ने गरेका थिए ।

    यसैगरि लक्ष्मीपूजा गर्न बालिएको मैनबत्तीबाट सर्लाहीको गोडैता, चन्द्रनगर र रामनगरमा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट गोडैता नगरपालिका–६, बगदहका भरोसी महतो, रामनगर गाउँपालिका–२, खैर्वाका सलिन्दर साह र चन्द्रनगर गाउँपालिका–३ का सिङ्गेश्वर चौधरीको घर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । जिल्लाका यी विभिन्न ठाउँमा भएका आगलागीबाट पन्ध्र लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

    सम्बन्धित खवर