निकुञ्ज छलेर रेलमार्ग

निकुञ्ज छलेर रेलमार्ग

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • निकुञ्ज छलेर रेलमार्ग

    रेल विभागले पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न आशयपत्र माग गरेको छ  । १३६ किलोमिटर खण्डको डीपीआर ६ महिनाभित्र बनाइसक्ने योजना रहेको विभागले जनाएको छ  ।

    पूर्वमा झापाको बाहुनडाँगीबाट सुरु हुने रेलमार्ग कञ्चनपुरको गड्डाचौकीसम्म जोडिनेछ, जुन ९४६ किमि लामो हुनेछ । विभागले पूर्व–पश्चिम लोकमार्गको समानान्तर रूपमा रेलमार्ग बनाउने भएको हो ।

    आशयपत्रमा चितवन राष्ट्रिय निकुञ्जभन्दा उत्तरबाट रेलमार्ग बनाउने प्रस्ताव छ । त्यसैअनुसार डीपीआर तयार पारिने विभागले जनाएको छ । निकुञ्जभित्रबाट लैजाँदा जैविक एवं पर्यावरणीय नोक्सानी हुने र ठूलो मात्रामा रूख काट्नुपर्ने भएकाले बाहिरबाट बनाउन लागिएको हो ।

    विभागका अनुसार निजगढ चोकबाट १० किलोमिटर पश्चिम हुँदै भरतपुर र नवलपरासीको अमरापुरी जोड्ने गरी डीपीआर तयार गरिनेछ । यसअघि निकुञ्जभित्रबाट रेलमार्ग बनाउने गरी डीपीआर तयार पारिएपछि व्यापक विरोध भएको थियो । आशयपत्र पेस गर्नेमध्ये उत्कृष्ट कम्पनी छनोट गरी डीपीआर निर्माणको जिम्मा दिइनेछ ।

    कम्पनीले वातावरणीय, जैविक तथा भौगोलिक अध्ययनका साथै ठेक्काको कागजात र परियोजना कार्यान्वयनको कार्ययोजनासमेत बनाउनु पर्ने विभागका अधिकारीले जनाए । रेलमार्गको बुटवल पश्चिम खण्डमा पनि डीपीआर निर्माणको काम भइरहेको छ । चार खण्डमा छुट्याई डीपीआर तयार भइरहेको र ६ महिनाभित्र पूरा हुने विभागले जनायो । पूर्व–पश्चिम रेलमार्गको जयनगर–जनकपुर हुँदै बर्दिबाससम्मको ३५ किमि खण्ड तयार भइसकेको छ ।

    सम्बन्धित खवर