लक्ष्मीपुजाको दिनलाई बिजुली व्यवस्थापन गर्न प्राधिकरणमा चटारो

लक्ष्मीपुजाको दिनलाई बिजुली व्यवस्थापन गर्न प्राधिकरणमा चटारो

  • , 7.2K जनाले हेर्नुभयो
  • 7.2K
    SHARES

  • लक्ष्मीपुजाको दिनलाई बिजुली व्यवस्थापन गर्न प्राधिकरणमा चटारो

    नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाका दिन बेलुकी कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी थालेको छ । लक्ष्मी पुजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने हुन्छ ।

    वर्षमै सबैभन्दा बढी बिजुलीको माग त्यसै दिन हुन्छ । त्यसैले यस्तो महत्वपूर्ण दिनमा कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न आफूहरु छलफल र तयारीमा जुटिसकेको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    गत वर्ष पनि लक्ष्मी पुजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोड व्यवस्थापन गरेको थियो । भुक्तपुरमा भने ट्रान्सर्फमर जलेर समसया भएको थियो ।

    प्राधिकरण स्रोतका अनुसार तिहार अघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको मर्मत सकिनेछ । कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिम तयारी अवस्थामा राखिने छ । यस्तोे टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुग्नेछ ।

    लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । काठमाडौंसँगै ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा पनि ठूलो मात्रामा बिजुलीको माग हुने हुन्छ ।

    काठमाडौमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिनेछ ।

    २०७३ सालमाको लक्ष्मी पुजामा स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर उपत्यका लोडसेडिङ नगर्ने परीक्षण गरेका प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ गत वर्ष पनि त्यहीँ बसेर लोड व्यवस्थापनको काम गरेका थिए ।

    काठमाडौंमा ८ वटा प्रसारणलाइनबाट विद्युत् भित्रिने गरेको छ । तिहारमा करिब साढे १५ सय मेगावाट विजुलीको माग हुन्छ । लक्ष्मीपूजा दिनमा साढे ३ सय मेगावाटको हाराहारीमा विद्युत् खपत गर्ने उद्योगहरु भने बन्द हुन्छन् ।

    प्राधिकरणले देशभर लाइन नकाट्न लक्ष्मी पुजाका दिनमा हेटौंमा रहेको डिजेल प्लान्ट पनि चलाउने गरेको छ । यो १४ मेगावाट क्षमताको प्लान्ट हो ।

    प्राधिकरणले लक्ष्मी पुजाका दिनमा विभिन्न ठूला होटल, मल तथा व्यापारिक प्रतिष्ठानहरुलाई जेनेरेटर चलाउन आग्रह गर्ने गरेको छ । सर्वसाधारणको घरमा विद्युतको माग बढी हुने हुँदा आज एक दिनका लागि जेनेरेटर चलाएर सहयोग गरिदिन प्राधिकरणले गत वर्ष पनि आग्रह गरेको थियो ।

    सम्बन्धित खवर