घर तथा फर्निचरमा लगाइने रंगमा हानिकारक सिसा कायमै

घर तथा फर्निचरमा लगाइने रंगमा हानिकारक सिसा कायमै

  • , 9K जनाले हेर्नुभयो
  • 9K
    SHARES

  • घर तथा फर्निचरमा लगाइने रंगमा हानिकारक सिसा कायमै

    चितवन — घर तथा फर्निचरमा लगाइने रंगमा मापदण्ड मिचेर लिड (सिसा) प्रयोग गर्ने क्रम अझै रोकिएको छैन । रंग उद्योगहरूले लिडको मात्रा घटाउँदै लगे पनि त्यसको परिमाण सरकारले तोकेभन्दा बढी नै छ । मानव स्वास्थ्य र वातावरणलाई हानि गर्ने भन्दै २०७१ पुसमा सरकारले रंगमा लिड ९० पीपीएमभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको थियो ।

    ‘धेरै पहलबाट बनेको मापदण्ड अझै पूर्ण पालना भएको छैन । लिडको मात्रा कम भने हुँदै छ,’ जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले भने । लिडबाट बालबालिका बढी प्रभावित हुने भएकाले घर तथा विद्यालयमा मापदण्डभन्दा बढी लिडयुक्त रंग नलगाउन अनिवार्य गरिनुपर्ने उनले बताए ।

    वातावरण विभागका निरीक्षक भूपेन्द्र शर्माले २०७१ चैत १ गते शिक्षा मन्त्रालयले विद्यालयमा ९० पीपीएमभन्दा बढी लिडको रंग प्रयोग नगर्न भनेको जनाए । ‘वातावरण मन्त्रालयको सहयोगमा २०१६ अप्रिलमा अध्ययन हुँदा ७० प्रतिशतभन्दा धेरै रंगमा मापदण्डभन्दा बढी लिड पाइएको थियो,’ उनले भने, ‘१० वटा ब्रान्डका पेन्ट्स अध्ययन गर्दा तीनवटामा मात्र ९० पीपीएमभन्दा कम पाइयो । इनामेल पेन्ट्समा अझै धेरै राखेको देखियो ।’

    विश्वमा शून्य दशमलव ६ प्रतिशत रोग हानिकारक लिडकै कारण लाग्ने गरेको वातावरण वैज्ञानिक रामचरित्र साहले बताए । ‘विश्वमा प्रत्येक वर्ष जन्मिनेमध्ये ६ लाख बच्चामा लिडको हानिकारक असर देखिने गरेको छ,’ उलने भने, ‘स्नायु, रक्त, श्वासप्रश्वास, पाचन र मूत्रप्रणाली साथै रक्त कोषहरूमा पनि घातक असर गर्छ ।’

    विकसित देशहरूमा लिड बढी प्रयोग भएको ठाउँ तत्काल खाली गर्ने चलन छ । तर, नेपालका स्कुलमा कैयौं गुना बढी लिड रहेको अध्ययनले देखाए पनि बालबालिकालाई त्यही पढाइने गरेको साहको भनाइ छ । उनका अनुसार नेपालमा कुनै ठाउँमा ६५ त कुनै ठाउँमा शतप्रतिशतसम्मै बालबालिका लिडबाट प्रभावित भएको पत्ता लागेको थियो । विश्वमा सन् २००२ देखि लिडमुक्त उत्पादन गर्ने अभियानै सुरु भएको छ ।

    सन् २०२० सम्म सबै सामग्रीलाई लिडमुक्त बनाइछाड्ने लक्ष्य छ । रंगमा लिड कम गर्न कुनै नयाँ प्रविधि र उपकरण आवश्यक नपर्ने साहले बताए ।

    ‘आठ/नौ वर्षअघि पेन्ट्समा दुई लाख पीपीएमसम्म लिड पाइन्थ्यो । अहिले बढीमा ४७ हजार पीपीएमसम्म पाइएको छ । मापदण्डअनुरूप ९० पीपीएम मात्र लिड राख्ने उद्योग पनि छन् । पहिला ३० प्रतिशतले मात्रै मापदण्ड पूरा गरेकोमा गत वर्ष डबल भएको छ,’ साहले भने । बजारमा बिक्री हुनेमध्ये ८० प्रतिशत हिस्सा मापदण्डअनुरूप लिड प्रयोग भएको रंगले ओगटेको उनले बताए ।

    विराज पेन्ट्सका प्रतिनिधि राजु ढुंगानाले एक वर्षभित्र सबै उद्योगले मापदण्डअनुरूपकै लिड राखेर रंग उत्पादन गर्ने बताए । रंगलाई बढी चम्किलो, चाँडो सुक्ने, खिया प्रतिरोधी बनाउन र ढुसी कम गर्न लिड मिसाउने गरिन्छ ।

    सम्बन्धित खवर