देशभरका गाडीमा ‘जिपिएस ट्रयाकिङ’ हुने

देशभरका गाडीमा ‘जिपिएस ट्रयाकिङ’ हुने

  • , 4.5K जनाले हेर्नुभयो
  • 4.5K
    SHARES

  • देशभरका गाडीमा ‘जिपिएस ट्रयाकिङ’ हुने

    यातायात व्यवस्था विभागले देशभरका सवारी साधनलाई जिपिएसबाट ट्राकिङ गर्ने तयारी थालेको छ।

    सुरक्षित र भरपर्दो यात्राका लागि ट्रयाकिङ गर्ने योजना बनाएको र प्रारम्भिक काम अघि बढाउन लागेको विभागले जानकारी दिएको छ।

    महानिर्देशक लावण्य ढकालले प्रविधि र प्रणालीमा नेपाल अनुभवी नभएकोले जिपिएस ट्रयाकिङका लागि दातृ निकायसँग सहकार्य गरी काम अघि बढाइने जानकारी दिए।

    यसका लागि सुरूमा प्रणालीको अवधारणा,लागतको पूर्वानुमान गरिनेछ।

    ‘अवधारणा पत्र बनाइ त्यहीअनुसार मूल्य कति पर्छ, सर्भर कहाँ/कहाँ राख्दा उपयुक्त हुन्छ लगायतका कुराको अध्ययन भएपछि थप प्रकृया अघि बढाउँछौं’ उनले सेतोपाटीसँग भने,‘अहिले अवधारणापत्रको काममा लागिरहेका छौं।’

    अवधारणापत्र तयार पारेपछि दातृ निकायसँग छलफल अघि बढाउने विभागको योजना छ।

    यसका लागि विश्व बैंकसँग कुरा अघि बढाउने विभागको तयारी छ। यसअघि पनि सुरक्षित यातायातका लागि विश्व बैंकले काम गर्न खोजेको र सोही आधारमा यो परियोजनाका लागि पनि कुरा अघि बढाइने उनको भनाइ छ।

    ‘यो योजनाको लागि ‘कन्सेप्ट पेपर’ तयार गरेर विश्व बैंकसँगको सहकार्य गर्ने सोच छ’ उनले भने।

    जिपिएस ट्रयाकिङका लागि सबैभन्दा पहिले गाडीको संख्या, सडक, रूट र सवारीका प्रकार छुट्याउनु पर्नेछ। प्रणाली लागू भएपछि कुन रूटमा कति गाडी गुडीरहेका छन्, कुन गाडी कहाँ छ, गाडी कहाँ दुर्घटना भयोजस्ता जानकरी तत्काल पाउन सकिने ढकालले बताए।

    सुरूमा पुराना सवारीसाधानलाई समयसीमा दिएर ट्रयाकिङमा ल्याइने छ भने नयाँमा अनिवार्य रूपमा जिपिएस ट्रयाकिङ गर्नुपर्नेछ।

    सम्बन्धित खवर