साफ यू १८ च्याम्पियनसिप : नेपाल उप विजेतामा सिमित

साफ यू १८ च्याम्पियनसिप : नेपाल उप विजेतामा सिमित

  • , 5.2K जनाले हेर्नुभयो
  • 5.2K
    SHARES

  • साफ यू १८ च्याम्पियनसिप : नेपाल उप विजेतामा सिमित

    काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ महिला च्याम्पियनसिपमा उपविजेतमा चित्त बुझाउनु परेको छ । भुटानमा भएको साफ च्याम्पियनसिपको आइतबार सम्पन्न फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुँदै नेपाल दोस्रो बनेको हो । 

    भुटानको चाङलिमिथाङ रंगशालामा भएको फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाएपछि नेपाली टोली खेलमा फर्कन सकेन । खेलेका ४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा पर्विनले गोल गरेकी थिइन् । मैदानको बीच भागबाट आएको फ्रिकिलाई पेनाल्टी बक्स भित्रबाट पर्विनले बललाई गोलमा परिणत गरिन् ।

    पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेपनि गोल हुन सकेको थिएन । बंगलादेशले १२ औं मिनेटमा बल गोल्पोस्टभित्र छिराएपनि गोल गर्ने क्रममा गोलकिपरलाई फाउल गरेपछि रेफ्रीले गोल दिएनन् । भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको नेपाल अन्ततः उपविजेताका रुपमा स्वदेश फर्कने भएको छ ।

    सम्बन्धित खवर