गृहमन्त्रीलाई शेखर कोइरालाको प्रश्न : पूँजीवादले बलात्कार भयो भन्न मिल्छ ?

गृहमन्त्रीलाई शेखर कोइरालाको प्रश्न : पूँजीवादले बलात्कार भयो भन्न मिल्छ ?

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • गृहमन्त्रीलाई शेखर कोइरालाको प्रश्न : पूँजीवादले बलात्कार भयो भन्न मिल्छ ?

    नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रामबहादुर थापाले पूँजीवादका कारण वलात्कार भयो भनेको भन्दै आलोचना गरेका छन् ।

    ‘निर्मला पन्तको वालत्कारी पत्ता लाग्छ होला’, आइतबार राजधानीमा भएको ‘अवतरण’ नामक पुस्तकको विमोचन कार्यक्रममा नेता कोइरालाले भने, ‘गृहमन्त्रीजी पुँजीवादका कारण बलात्कार भयो भन्नुहुन्छ । के पुँजीवादले बलात्कार भयो भन्न मिल्छ ?’

    कञ्चनपुरकी १३ वषकी पन्तको बलात्कारपछि हत्या भएको लामो समय भइसक्दासमेत सरकारले दोषी पत्ता लगाउन सकेको छैन । गृहमन्त्रीले बलात्कारबारे एक टिप्पणीमा पुँजीवादले बलात्कार बढायो भनी गरेको टिप्पणीप्रति कोइरालाले आलोचना गरेका हुन् ।

    नेता कोइरालाले दुई तिहाइ बहुमतको सरकारले जनतालाई सुशासन दिन नसकेको आरोप पनि लगाए । प्रधानमन्त्रीले आफ्नो कार्यालयमा कार्यरत कर्मचारीहरुलाई भ्रष्टाचार नगर्ने सपथ खान लागएको भन्दै उनले त्यसको सुरुवात मन्त्रीहरु र शीर्ष नेताहरुबाट गराउन समेत आग्रह गरेका छन् । ‘सरकारका मन्त्री र राजनीतिक नेतृत्वले भ्रष्टाचार गर्दिन भन्ने संकल्प गरौं’ उनले भने ।

    सरकारको समाजवादको यात्रा कतातिर हो भन्ने आफुले नबुझेको भन्दै नेता कोइरालाले भने, ‘एकातिर उखुको भाउ घट्दैछ । अर्कोतिर चिनीको मुल्य अकासिँदो । हामी कस्तो खाले समाजवादमा जान खोज्दैछौं ?’

    शान्ति प्रक्रिया पूरा गर्न बाँकी रहेको भन्दै नेता कोइरालाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । शान्ति तथा मेलमिलाप आयोग र वेपत्ताहरुको समस्या समाधान भएको भन्दै उनले यी काम पनि पुरा गर्नुपर्नेमा जोड दिएका हुन् । त्यसपछि मात्रै आर्थिक विकासको यात्रा मजबुद हुने उनको भनाइ छ ।

    सम्बन्धित खवर