कक्षा ११को नतिजा सार्वजनिक

कक्षा ११को नतिजा सार्वजनिक

  • , 8.1K जनाले हेर्नुभयो
  • 8.1K
    SHARES

  • कक्षा ११को नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । यो वर्ष नियमिततर्फ ३ लाख ३२ हजार ८९१ विद्यार्थी सहभागी थिए ।

    आंशिकतर्फ अक्षरांकनमा १ लाख ७६हजार ९५ र अंक प्रणालीमा ३९ हजार ५०५ विद्यार्थी सहभागी थिए ।

    नियमिततर्फ १ हजार १४५ विद्यार्थीले जीपीए ३.६१ देखि ४ सम्म ल्याएका छन् । ८ हजार ९ सय ४९ले जीपीए ३.२१ देखि ३.६० ल्याउने ल्याए ।

    २४ हजार ५ सय १५ विद्यार्थीले जिपिए २.८१ देखि जिपिए ३.२० सम्म ल्याएका छन् । ४८ हजार ७ सय ३१ ले जीपीए २.४१ देखि २.८० सम्म र  ८६ हजार सात सय ७० परीक्षर्थीले २.१ देखि २.४० सम्म जीपीए ल्याए ।

    ९२ हजार ५ सय ९३ले जीपीए १.६१ देखि २ सम्म, ४१ हजार ४ सय ६ले जीपीए १.२१ देखि १.६० ल्याएका छन् ।

    आठ हजार १ सय २७ ले जिपिए ०.८१ देखि १.२० सम्म र २० हजार ६ सय ८५ परीक्षार्थीले जीपीए ० देखि ०.८०सम्म ल्याएका छन् ।

    आंशिकको अंक पद्धतिमा ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् ।अंकतर्फ १५ हजार ३३३ जना उत्तीर्ण भएका छन् । १३१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।

    नतिजा  http://www.neb.gov.np वा  http://neb.ntc.net.np  मा हेर्न सकिनेछ ।   neb symbol no टाइप गरेर १६०० मा एसएमएस ठाउन सकिने बोर्डले जनाएको छ ।

    सम्बन्धित खवर