राष्ट्रिय विद्यालयको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैन : प्रधानमन्त्री

राष्ट्रिय विद्यालयको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैन : प्रधानमन्त्री

  • , 6.1K जनाले हेर्नुभयो
  • 6.1K
    SHARES

  • राष्ट्रिय विद्यालयको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन हुँदैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालयको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पूरा नहुने बताउनु भएको हो । देशको आवश्यकता औपचारिक शिक्षाले मात्र पूरा नहुने भन्दै उहाँले प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब कक्षा कोठाको पाढाइले मात्र पुग्दैन । विद्यार्थीलाई घर गाउँमा, खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।”
    प्रधानमन्त्री ओलीले शिक्षालाई आजको विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताउनुभयो । “शिक्षा र प्रविधिलाई सम्बन्धित गराएर अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले गर्दा थोरै जनशिक्तबाट धेरै काम लिन सकिन्छ ।”  यस वर्ष देखि सुरु गरिएको निरक्षरता विरुद्धको महाअभियानले आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने प्रधानमन्त्रीको दाबी छ । उहाँले भन्नुभयो, “आगामी वर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन् ।”  प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरु अब विशिष्टकृत हुने पर्ने बताउनुभएको छ । विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाउँमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्थाहरु खोल्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्दछ ।”  साधारणसभाले आर्थिक वर्ष, २०७५/२०७६ का लागि प्रस्तावित आयव्यय विवरण, आर्थिक वर्ष, २०७१/२०७२ र आर्थिक वर्ष, २०७२/२०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ । यसैगरी आर्थिक वर्ष, २०७३/२०७४ र २०७४/२०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ । साधारणसभामा प्रष्तुत गरिएको अन्य प्रस्तावहरु अर्को बैठकमा छलफल गर्ने गरी आजको साधारणसभा स्थगित गरिएको छ ।

    http://bit.ly/2IHSFkI

    सम्बन्धित खवर