किशोरीहरुका लागि आत्मरक्षा तालिम

किशोरीहरुका लागि आत्मरक्षा तालिम

  • , 4.7K जनाले हेर्नुभयो
  • 4.7K
    SHARES

  • किशोरीहरुका लागि आत्मरक्षा तालिम

    महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटना न्यूनिकरणकमा योगदान पुर्‍याउने उद्देश्यले धनगढीमा ‘महिलाहरुका लागि आत्मरक्षा शिविर’ सुरु भएको छ । शिविरको उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समयमा बढ्दै गएका महिला हिंसाका घटनाले सरकारलाई संवेदनशील बनाएको बताउँदै यस्तो तालिमले किशोरीहरुलाई आत्मरक्षाका लागि आत्मबल प्रदान गर्ने बताउनुभयो ।

    सामाजिक विकास मन्त्री दीर्घ सोडारीले स्थानीय तहका वडा वडासम्म यस्ता कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो । ‘कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले प्रदेशवासीलाई लज्जित बनाएको छ’ मन्त्री सोडारीले भन्नुभयो, ‘अब सकारात्मक संदेश पनि यही प्रदेशले दिनुपर्नेछ ।’

    एक हजार किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य लिएको भएपनि सहभागी हुन आउने किशोरिको संख्या एक हाजर ७ सय नाघेको आयोजकले जनाएका छन् । सहभागी किशोरीहरुबाट उत्कृष्ट एक सय जनालाई प्रशिक्षकको रूपमा छनौट गरिने र उनीहरुलाई स्थानीय तहको सहकार्यमा प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गर्ने योजना बनाइएको संघका महासचिव चन्दले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशबाट सुरु भएको यस्तो शिविर सात वटै प्रदेशमा सञ्चालन गरिने चन्दले बताउनुभयो ।

    सम्बन्धित खवर