अनियमिता र कालोबजारी नियन्त्रण गर्न थप २४ स्थानमा अनुगमन कार्यलय

अनियमिता र कालोबजारी नियन्त्रण गर्न थप २४ स्थानमा अनुगमन कार्यलय

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • अनियमिता र कालोबजारी नियन्त्रण गर्न थप २४ स्थानमा अनुगमन कार्यलय

    चाडपर्वको मौसममा बजारमा हुने अनियमिता र कालोबजारी नियन्त्रण गर्न सरकारले थप २४ स्थानमा अनुगमन कार्यलय राख्दैछ । चाडवाडका समयमा हुने अभाव, मुल्यबृद्धि तथा गुणस्तरको अनुगमन र निगरानीका लागि अनुगमन कार्यालय स्थापना गर्न लागिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिनुभयो ।  उपभोक्ताले बजारमा आफु ठगिएको महसुस भए नजिकका कार्यलयमा गएर सिधै ऊजुरी दिन सक्ने गरि कार्यविधिी बनाईएको कर्णको भनाई छ । मानव स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका खाद्यान्नको गुणस्तर मापन र अनियमिता गर्नेलाई स्थलगत कारवाही गर्ने गरि अधिकार दिईएको छ । केन्द्र र प्रदेशस्तरीयसँगै मुलुकका विभिन्न २४ स्थानमा कार्यलय खोल्ने विभागको तयारी  छ । बजार अनुगमन प्रभाबकारी बन्न नसकेको आलोचना खेप्दै आएका नियामकारी  निकायले दशै नजिकिएसँगै अनुगमन कार्य भने बढेको दावी गरेका छन् । यसैबीच उद्योग बाणिज्य तथाआपुर्ति मन्त्रालयका सह सचिव एवं प्रवक्ता नवराज ढकालले गल्ती र नियम बिपरितका गतिबिधि भए तत्काल कारबाही गर्ने अधिकार सहित टोलीलाई अनुगमनमा पठाईएको बताउनुभएको छ । बिशेषगरी खाद्यवस्तु, लताकपडा जस्ता वस्तुको व्यापार  लक्षित अनुगमनमा खटिएका टोलीलाई स्थलगत अनुगमनको अधिकार दिईएको बताउनुभयो ।

    सम्बन्धित खवर