निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै देउवाले गरे सरकारको चर्को आलोचना

निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै देउवाले गरे सरकारको चर्को आलोचना

  • , 5.6K जनाले हेर्नुभयो
  • 5.6K
    SHARES

  • निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै देउवाले गरे सरकारको चर्को आलोचना

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘नालायक’ को संज्ञा दिएका छन्।

    सभापति देउवाले बालिका निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरे।

    शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा पनि आपत्ति जनाए।

    उनले वातावरणीयलगायतका सबै हिसाबले उपयुक्त नभएको ठाउँमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

    रुख काट्ने र ऐश आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ।

    सभापति देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसाबले धनगढीमा उपयुक्त हुने तर्क पनि गरे।

    सम्बन्धित खवर