जुवा अखडामा प्रहरीको छापा, भाग्न खोज्दा दुईजनाको मृत्यु

जुवा अखडामा प्रहरीको छापा, भाग्न खोज्दा दुईजनाको मृत्यु

  • , 6.9K जनाले हेर्नुभयो
  • 6.9K
    SHARES

  • जुवा अखडामा प्रहरीको छापा, भाग्न खोज्दा दुईजनाको मृत्यु

    प्रहरी परिसर काठमाडौंले शुक्रबार राति साढे ९ बजे मुलपानी–७ का तेन्दु शेर्पाको घरमा छापा मारेको छ । संगठित रुपमा जुवा खोलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । साढे ३ तलाको घरको तेस्रो तलामा जुवा खेलिरहेकाहरुले प्रहरी आएको थाहा पाएपछि झ्यालबाट हाम फालेका थिए । प्रहरी परिसर काठमाडौंकाअनुसार हाम फाल्ने सरोज घले र सोमलाल तामाङको उपचारका क्रममा राति नै मृत्यु भएको छ ।प्रहरीले जुवा अखडाबाट २४ जना जुवाडे र ४ लाख ५८ हजार रुपैंया बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार एक रात जुवा खेलाएवाफत घरधनी तेन्दुले १० हजार रुपैंया लिने गरेको पाइयो ।

    सम्बन्धित खवर