४ जनाको मृत्यु अझै रहस्यमा

४ जनाको मृत्यु अझै रहस्यमा

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • ४ जनाको मृत्यु अझै रहस्यमा

    मोरङको कानेपोखरी ३ हरकपुरमा एक वर्षअघि घरसहित जलेर परिवारका चारजनाको ज्यान गएको घटनाबारे वास्तविकता अझै बाहिर आएको छैन ।घटनामा ८६ वर्षीया गंगामाया राई, ५६ वर्षीय छोरा चन्द्रकुमार राई, वर्ष ४९ की छोरी पार्वता तामाङ र ४६ वर्षीया बहिनी विष्णुकुमारीको ज्यान गएको थियो । गत वर्ष असोज ४ गते राति २ बजे दुईतले काठे घरको चारैतर्फबाट आगो सल्केको प्रत्यक्षदर्शीले बताएका छन् ।दुईतले घरको चारै तर्फबाट एकसाथ आगो बल्नु रहस्यमय भएको भन्दै आफन्त र स्थानीयको भनाइ छ । घटनासँग सम्बन्धित कसैलाई नियन्त्रणमा नलिए पनि अनुसन्धान जारी रहेको पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले बताए । उनका अनुसार मृतकका आफन्तले किटानी जाहेरी नदिँदा अनुसन्धानमै समस्या भएको हो ।

    मृतकका आफन्तले शंका गरेका कानेपोखरी ४ का रामबहादुर तामाङ बेलबोटेलाई त्यसै बेला नियन्त्रणमा लिएर सोधपुछ गरी छाडिएको थियो । पथरीका तत्कालीन प्रहरी निरीक्षक राजन कार्की सरुवा भएपछि अनुसन्धान फितलो भएको पीडित परिवारले बताए । आफन्तले नियोजित रूपले चारै जनाको हत्या गरेर घरमा आगो लगाएको हुन सक्ने शंका गरिएको छ ।

    आगलागीमा घरसँगै किराना पसल, गोठ, मिनी ट्याक्टर, मोटरसाइकल, साइकल, पम्पिङसेट मेसिन, सुनचाँदीलगायत जलेर नष्ट भएको थियो । उक्त घटनामा करिब १ करोड ५० लाख बराबर क्षति भएको प्रहरीको अनुमान छ ।

    घटनाबारे पीडितका तर्फबाट इलाका प्रहरी पथरीमा जाहेरी दिइएको थियो । केही शंकास्पद व्यक्तिबारे जानकारीसमेत दिए पनि अनुसन्धान गम्भीर रूपले हुन नसक्दा वास्तविकता पत्ता लाग्न नसकेको पीडित परिवारले बताए ।

    मृतकमध्ये चन्द्रकुमारको शव रहेको स्थानमा खोस्रने क्रममा भुइँमा रगत जमेको टाटा भेटिएको थियो । इलाका प्रहरीको टोलीले उक्त रगतको टाटाको फोटो खिचेर लगेको मृतक गंगामायाकी छोरी इन्दिराले बताइन् ।

    घटनाबारे गम्भीर रूपमा अनुसन्धान नभएको भन्दै मोरङ प्रशासन, जिल्ला प्रहरी, अञ्चल प्रहरी, क्षेत्रीय प्रहरी कार्यालय हुँदै काठमाडौंको अपराध अनुसन्धान ब्युरोसम्म निवेदन परेको थियो । यसैगरी गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगको समेत ध्यानाकर्षण गराइएको थियो ।

    सम्बन्धित खवर