खेतमा पुर्‍याएर बलात्कार

खेतमा पुर्‍याएर बलात्कार

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • खेतमा पुर्‍याएर बलात्कार

    कपिलवस्तु — यहाँस्थित शिवराज नगरपालिकामा एक युवती बलात्कृत भएकी छन् । प्रहरीका अनुसार बिहीबार साँझ घरअगाडि भाँडा माझिरहेका बेला आएका दुई व्यक्तिले मुख थुनेर नियन्त्रणमा लिएका थिए । २० मिटर उत्तर खेतमा पुर्‍याएपछि जबरजस्ती करणी गरेको प्रहरी जनायो ।प्रहरीका अनुसार रहेमान गदीले लडाएर बलात्कार गरेको खुलेको छ । उनीसँगै आएका जयफुल्ला गदीले हात समातेर खेतसम्म पुर्‍याउन सहयोग गरेका स्वीकारेका छन् ।

    युवती चिच्याउन थालेपछि उनीहरूले युवतीको मुख थुनेका थिए । रातिको समयमा घरमा अभिभावक नभएको मौका छोपेर उक्त अपराध गरिएको थियो । ‘मेडिकल जाँचमा बलात्कार भएको भनेर उल्लेख छ’ चिकित्सकको भनाइ उदृत गर्दै वडा प्रहरी चन्द्रौटाका निरीक्षक महेश्वर उपाध्यायले भने, ‘घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान थालेका छौं ।’ युवतीको अवस्था सामान्य छ ।

    सहयोगी भूमिका खेलेको आरोप लागेका जयफुल्ला शुक्रबार पक्राउ परेका छन् । उनलाई अदालतबाट म्याद थपिएको छ । मुख्य आरोपी फरार छन् । पीडित परिवारले किटानी जाहेरी दिएका छन् ।

    सम्बन्धित खवर