अब माइक्रोबस चालक र सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनैपर्ने

अब माइक्रोबस चालक र सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनैपर्ने

  • , 5.9K जनाले हेर्नुभयो
  • 5.9K
    SHARES

  • अब माइक्रोबस चालक र सहचालकले पनि फ्लोरेसेन्ट ज्याकेट लगाउनैपर्ने

    काठमाडौँका माइक्रोबस चालक र सहचालकले पनि अबदेखि अनिवार्य रूपमा फ्लोरेसेन्ट (सुन्तला र हरियो) रंगको ज्याकेट लगाउनुपर्ने भएको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी महासंघको शुक्रबार बसेको बैठकले माइक्रो बसमा पनि ज्याकेट लगाउने निर्णय गरेको हो।

    अबदेखि माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले जानकारी दिए।

    यसअघि ट्राफिकले ट्याक्सी चालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनुपर्ने नियम लागू गरेको थियो।

    चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र  चालकको बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्न समेत सजिलो हुने भएकाले ज्याकेट अनिवार्य गरिएको महाशाखाका एसएसपी पन्तले जानकारी दिए।

    आगामी मंसीर १ गतेबाट नियम कठाईका साथ लागु गरिने ट्राफिक प्रहरीले जनाएको छ।

    सम्बन्धित खवर