लेखा समितिमा मन्त्री यादवको जवाफः सबै चिजको मूल्य समितिले तोके हुन्छ

लेखा समितिमा मन्त्री यादवको जवाफः सबै चिजको मूल्य समितिले तोके हुन्छ

  • , 5K जनाले हेर्नुभयो
  • 5K
    SHARES

  • लेखा समितिमा मन्त्री यादवको जवाफः सबै चिजको मूल्य समितिले तोके हुन्छ

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले संसदको सार्वजनिक लेखा समितिलाई सबै वस्तु तथा सेवाको मुल्य तोक्न सुझाव दिएका छन्।

    सार्वजनिक लेखा समितिले चिनीको मूल्य ६३ रुपैयाँ कायम गर्न दिएको निर्देशनप्रति लक्षित गर्दै यादवले चिनीमात्र होइन सबै चिजको मूल्य तोक्न आग्रह गरेका हुन्।

    ‘सबै चिजको भाउ सार्वजनिक लेखा समितिले तोकिदिए राम्रो हामिलाई ६३ रुपैयाँ तोक्न भनेको ’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले भने, ‘समितिसँग सबै सुचना छ उहाँहरुले नै तोकिदिए हुनेथियो।’

    लेखा समितिले चिनीको मूल्य बढी भएको भन्दै ६३ रुपैयाँ तोक्न निर्देशन दिएको थियो। आयातमा प्रतिबन्ध लगाउँदा ६३ रुपैयाँ भन्दा बढी उपभोक्ता मूल्य नहुने सम्झौता भएको तर अहिले ८५ रुपैयाँसम्म पुर्याइएको भन्दै समितिले मूल्य बढ्न नदिन निर्देशन दिएको थियो।

    तर मन्त्री यादलले मूल्यको बारेमा कुनै सम्झौता नभएको बताए।

    सम्बन्धित खवर