तलबबाट आकस्मिक कोष स्थापना

तलबबाट आकस्मिक कोष स्थापना

  • , 5.3K जनाले हेर्नुभयो
  • 5.3K
    SHARES

  • तलबबाट आकस्मिक कोष स्थापना

    रुकुम (अस) । पश्चिम रुकुमको आठबीसकोट नगरपालिकाले विपन्न नागरिकका लागि सहयोग कोष स्थापनाको नीति लिएको छ । सोही नीतिअनुसार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले मासिक रूपमा आप्mनो तलबको शून्य दशमलव ५ प्रतिशत रकम उक्त कोषमा जम्मा गर्ने बताइएको छ ।

    हरेक महीना ७५ हजार रुपैयाँ आकस्मिक कोषमा जम्मा गर्ने निर्णय भएको नगरपालिकाले जानकारी दिएको छ । आकस्मिक समस्यामा परेकालाई सहयोग गर्न भन्दै नगरपालिकाले योगदान गर्ने नीति बनाएको हो । आफैं उपचार गर्न नसक्ने बिरामी, कुनै पनि आपतविपद् र अप्ठ्यारोमा परेका, मुटुरोगी, दीर्घरोगी लगायतको सहयोगका लागि यो अवधारणा अघि सारिएको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । उनले भने, ‘सबैसँगको छलफल र सहमतिपछि यस्तो निर्णय गरिएको हो ।’

    नगरपालिकामा ७५ जनप्रतिनिधि, ५० कर्मचारी र ३ सय शिक्षक छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले साउन, भदौ र असोजको रकम एकै पटक जम्मा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘कोषका लागि सबै प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने । उनका अनुसार ३ महीनाको २ लाख २५ हजार रुपैयाँ एकमुष्ठ जम्मा हुँदै छ ।

    नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रकोपपीडितका लागि छुट्टै योगदान गर्ने भएका छन् । त्यसका लागि जनप्रतिनिधिले २ र शिक्षक–कर्मचारीले १ दिनको तलबको रकम प्रकोपपीडितका लागि खर्च गर्ने भएका हुन् । नगरभरि बाढी, पहिरो र भूक्षयका कारण ३ सयभन्दा बढी घरपरिवार समस्यामा रहेको नगरप्रमुख केसीले बताए ।

    सम्बन्धित खवर