‘चिनीको मूल्य ६३ रुपैयाँ’

‘चिनीको मूल्य ६३ रुपैयाँ’

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • ‘चिनीको मूल्य ६३ रुपैयाँ’

    संघीय संसद्को सार्वजनिक लेखा समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न बिहीबार सरकारलाई निर्देशन दिएको छ।

    बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा आकासिएपछि समितिले यस्तो निर्देशन दिएको हो।

    ‘मिल मालिकले उखु किसानलाई दिनुपर्ने भुक्तानीलाई मध्यनजर गर्दै सरकार(प्रधानमन्त्रीसमेत), चिनी उद्योग महासंघ र उखु किसानसमेतको उपस्थितिमा भएको बैठकमा तय गरिएको गेट मूल्य ५३ रुपैयाँ र ६३ रुपैयाँ खुद्रा बिक्री मूल्यलाई सरकारले कडाइका साथ लागू गरोस्,’ बैठकपछि निर्णय सुनाउँदै समिति सभापति भरतकुमार शाहले भने। राजु चौधरीले लेखेको यो खबर कान्तिपुर दैनिकबाट लिएका हौं।

    बैठकमा सांसदहरूले केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बैठकमा उद्योगीहरूले खुद्रा मूल्य ६३ रुपैयाँ पर्ने बताएको दाबी गरेका थिए। यही मूल्यलाई आधार मान्दै समितिले खुद्रा बिक्री मूल्य ६३ रुपैयाँ तोक्न निर्देशन दिएको हो।

    सम्बन्धित खवर