प्रधानमन्त्रीको सवारीले सर्वसाधारणलाई सास्ती

प्रधानमन्त्रीको सवारीले सर्वसाधारणलाई सास्ती

  • , 5.8K जनाले हेर्नुभयो
  • 5.8K
    SHARES

  • प्रधानमन्त्रीको सवारीले सर्वसाधारणलाई सास्ती

    काठमाडौँ — प्रधानमन्त्री केपी ओली विदेश भ्रमणबाट फर्किंदा सर्वसाधरणले झण्डै १ घण्टा सास्ती भोग्न बाध्य भएका छन् । ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिई बिहीबार अपरान्ह करिब ३ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । महानगरीय ट्राफिक महाशाखाले सवारी व्यवस्थापनको लागि भन्दै करिब एकघण्टा अघिदेखि नै विभिन्न स्थानमा दुईतर्फी सवारी आवागमनमा कडाई गरेको थियो । करिब आधा घण्टाअघि देखि ठूला तथा साना सवारी आवगमनलाई पूर्णरुपमा बन्द गराइएको थियो ।एयरपोर्टगेट, तिलगंगा, गौशाला चोक, रातोपुल, ज्ञानेश्वर, नक्साल भगवती, भाटभटेनी, बालुवाटार आसपास भएर चल्ने सवारी साधनको आवागमन दुइतर्फीरुपमा प्रभावित हुने ट्राफिकले दिउँसो ३ बजेर १५ मा आफ्नो वेभसाइटमा सूचना जारी गरेको थियो । महाशाखाले सर्वसाधारणलाई बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो । तर, वैकल्पिक मार्गको अभावमा ठूलो संख्याका सवारी चालक सडकमा प्रधानमन्त्रीको सवारी नहुन्जेल कुर्न बाध्य भए । एर्यपोर्टबाट बाहिरिने/भित्रिने यात्रु भने पैदलयात्रा गरेका देखिन्थे । विदेशबाट आउने यात्रुले मालसमान बोकेर हिँडिरहेका थिए ।

    ‘निकै सास्ती भोग्न परेको छ’ धादिङका नवराज तामाङले भने, ‘कतिबेला जाम खुल्ने हो थाहा छैन ।’ व्यवस्था परिवर्तन भएपनि जनताले राहत महसुस गर्न नसेको उनको भनाइ छ । उनले भने, ‘गणतन्त्र आए पनि सर्वसाधारणलाई सास्ती दिन कसैले छाडेनन् ।’

    चावहिल जान हिँडेका उनी हातमा बच्चा बोकेर एयरपोर्ट गेटमा गाडी कुरेर उभिएका थिए । नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल, पुरानो बानेश्वरलगायतका विभिन्न शाखा सडकबाट मुख्य चक्रपथमा आउने गाडीलाई ट्राफिकले रोकेका थिए । कोटेश्वरबाट चावहिलतिर जाँदै गरेका नवराज न्यौपानेले राष्ट्रप्रमुख र सरकारप्रमुखको सवारीका समयमा सवारी आवागमन ठप्प गर्दा सर्वसाधारणलाई निकै सास्ती हुने गरेको बताए । ‘एकातिर उपत्यकाको ट्राफिकजामले सताउंछ’ उनले भने, ‘अर्कोतिर राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण पटकपटक भइरहन्छ ।’

    सवारीका समयमा अधिकांश यात्रु बाटोमै अलपत्र परेका थिएभने भक्तपुरबाट चावहिलतिर जाने गाडीको लाइन निकै लामो थियो । अरनिको राजमार्गबाट उपत्यका भित्रिने सवारी चांपले कोटेश्वर चोक अस्तव्यवस्त देखिन्थो । ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापनमा निकै समस्या परेको थियो ।

    राष्ट्रप्रमुख र सरकार प्रमुखको सवारी रुटमा सुरक्षा दिनु राज्यको दायित्व भएको महानगरीय ट्राफिक महाशाखा प्रमुख बसन्त बन्तले बताए । उनले राजधानीमा गाडीको संख्या बढी भएकाले सवारी व्यवस्थापन गाह्रो भएको बताए । ‘सांगुरा र अव्यवस्थित सडक छन् त्यसले गर्दा व्यवस्थापन गर्न निकै ग्राहो छ’ उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल उपत्यकामा १० लाख सवारी साधन संचालनमा छन् ।

    सम्बन्धित खवर