प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

  • , 4.9K जनाले हेर्नुभयो
  • 4.9K
    SHARES

  • प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै

    अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिन जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्कदैँ हुनुहुन्छ । प्रधानन्त्री ओली पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते त्यसतर्फ जानुभएको थियो ।
    उहाँ बिहीबार अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
    अमेरिकामा रहँदा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गर्नुभएको थियो ।
    सोही अवसरमा उहाँँले संयुक्त राष्ट्रसङ्घको स्थायी नियोगको पनि भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले कोष्टारिकाको समेत भ्रमण गर्नुभएको थियो । त्यस अवसरमा उहाँले त्यहाँको शान्ति विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन समेत गर्नुभएको थियो ।
    प्रधानमन्त्रीको त्यस टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्यलगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।

    सम्बन्धित खवर