अस्थायी शिक्षकको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री पोखरेल

अस्थायी शिक्षकको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री पोखरेल

  • , 7.3K जनाले हेर्नुभयो
  • 7.3K
    SHARES

  • अस्थायी शिक्षकको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री पोखरेल

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएका छन्।
    मन्त्री पोखरेलले स्रोत जुटाएर विद्यालय कर्मचारी र राहत शिक्षकहरूको माग पनि सम्बोधन गर्ने घोषणा गरे।
    २५ औं विश्व शिक्षक दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अस्थायी शिक्षकहरूको समस्या समाधान लागि सरकारले शिक्षा सेवा आयोगको कार्ययोजना अनुसार काम गरिरहेको दाबी पनि गरे।
    अस्थायी शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले आन्तरिक तथा खुला परीक्षा लिएको मन्त्री पोखरेलको भनाइ छ।
    मन्त्री पोखरेलले २ सय ५३ वटा सामुदायिक विद्यालयहरूमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनका लागि अनुमति दिइएको पनि जानकारी दिए। प्रधानमन्त्री केपी ओलीले पदबहाली गरेकै दिन सबै स्थानीय तहमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका थिए।
    सोही घोषणालाई कार्यान्वयन गर्न सरकारले २ सय ५३ वटा सामुदायिक विद्यालयहरूमा प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापनाका लागि अनुमति दिने काम गरेको पनि मन्त्री पोखरेलले स्पष्ट पारे।

    सम्बन्धित खवर