जति उमेर बढ्दै जान्छ उति थपिन्छ भरोसा र खुसी

जति उमेर बढ्दै जान्छ उति थपिन्छ भरोसा र खुसी

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • जति उमेर बढ्दै जान्छ उति थपिन्छ भरोसा र खुसी

    नेपाली उखान नै छ ‘वस्तु बूढो भएपछि भीर खोस्छ, मान्छे बूढो भएपछि निहुँ खोज्छ ।’ उमेर ढल्केको मानिसप्रति अन्य मानिसको सोच हुन्छ, उमेर ढल्कँदै गएपछि विश्वास धर्मराउन थाल्छ ।
    तर यस्ता उखान र अनुमानलाई एक नयाँ अध्ययनले झूटो सावित गरिदिएको छ । केही पहिले भएको एक अनुसन्धानबाट मानिसको उमेर बढ्दै गएपछि भरोसा र विश्वास पनि बढ्दै जाने देखिएको छ । अनुसन्धानका सहलेखक तथा नर्थ वेस्टर्न विश्वविद्यालयका मानव विकास एवम् सामाजिक नीतिका सहायक प्रोफेसर क्लाउडिया हैसेले भनेका छन्, ‘हाम्रो नयाँ निष्कर्षले मानिस जति परिपक्व हुँदै गयो विश्वास पनि बढ्दै जाने देखाएको छ । यससँगसँगै जोसँग विश्वास बढी छ, उ बढी खुसी हुने पनि देखिएको छ ।’
    अध्ययनको निष्कर्ष ब्योरेवार सामाजिक मनोविज्ञान तथा व्यक्तित्व विज्ञानमा प्रकाशित गरिएको छ ।
    अध्ययनका लागि अनुसन्धानकताहरुले पहिले इतिहासमा कैयौं विन्दुहरुमा उमेर र विश्वासको बीचको सम्बन्ध परिक्षण गरेका थिए । यसको लागि ८३ देशका एक लाख ९७ हजार ८ सय ८८ जनालाई नमूनाको रुपमा प्रयोग गरिएको थियो ।
    लामो अध्ययनले उमेर र भरोसाबीचमा सकारात्मक सम्बन्ध हुने स्पष्ट भएको हो ।

    सम्बन्धित खवर