विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित

विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित

  • , 8.4K जनाले हेर्नुभयो
  • 8.4K
    SHARES

  • विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित

    म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ अोभरमा प्राप्त गरेको हो । नेपालका लागि करण केसीले ८ बलमा नटअाउट १४ रन जोडेका थिए ‌। अनिल साहले ११ रन बनाउँदा प्रदिप एेरी शून्यमा अाउट भए । म्यानमारका टेट वाई र पाइङ दानुले १-१ विकेट लिए ।

    त्यसअघि म्यानमार १० अोभरमा २९ रन जोड्दै अलअाउट भएपछि नेपालले सहज लक्ष्य प्राप्त गरेको थियो । कमजोर म्यानमारबीरुद्ध नेपालको स्पिनर हावी भए ।

    नेपालका लागि सन्दीप लामिछानेले २ अोभरमा ३ रन खर्चेर ४ विकेट लिए । ललित नारायण राजवंशीले ३ अोभरमा २ मेडनसहित ३ रन खर्चेर ३ विकेट नै लिएका थिए ।

    करण केसी र ललितसिंह भण्डारीले १-१ विकेट लिए । कप्तान लि अउङले १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । म्यानमारले पछिल्लो ६ विकेट १२ बलको अन्तरमा गुमाएको थियो ।

    सम्बन्धित खवर