विदेशीबाट सिक्ने मौका पायौंः कप्तान मन्जु

विदेशीबाट सिक्ने मौका पायौंः कप्तान मन्जु

  • , 7.1K जनाले हेर्नुभयो
  • 7.1K
    SHARES

  • विदेशीबाट सिक्ने मौका पायौंः कप्तान मन्जु

    चितवन टाइग्रेसकी कप्तान मन्जु गुरुङले आदी आबादी महिला भलिबल लिगमा विदेशी खेलाडीबाट प्रशस्त सिक्ने अवसर मिलेको बताएकी छिन् ।

    नेपाल एपिएफ क्लबलाई हराउँदै बुधबार लिग जितेपछि मञ्जुले टोलीमा समावेश गरिएका विदेशी खेलाडीको उच्च प्रदर्शन र प्रेरणबाटै आफ्नो टोली च्याम्पियन बन्न सफल भएको बताइन् ।

    ‘लिग र सेमिफाइनलमा भन्दा फाइनल खेलमा टिमको प्रदर्शन संगठित देखियो । यही संगठित प्रदर्शनले नै हामी सर्वाधिक धनराशीको लिगको च्याम्पियन बन्न सफल भयौं, मञ्जुले भनिन्, आज सबै पक्ष स्पाइक, ब्लक र रिसिभ सबैमा राम्रो रह्यो । हामीले तीन अमेरिकी खेलाडीबाट धेरै सिक्ने मौका पायौं ।’

    राष्ट्रिय खेलकुद परिष्द (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा चितवनले एपिएफलाई २५–२०,२५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो । विजेता चितवनले ६ लाख र एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्यो ।

    विदेशी खेलाडीका बारेमा राष्ट्रिय टोलीकी उपकप्तान समेत रहेकी मन्जुले भनिन्, ‘विदेशी खेलाडीसँग खेल्दा हामीलाई निकै सहज भयो ।उनीहरुबाट खेलमा दबाव विहीन भएर खेल्न सिक्यौ । यसरी नै विदेशी खेलाडीसँग खेल्ने अवसर पाए नेपालको भलिबल स्तर माथि उठ्नेछ । टोलीलाई जिताउन महत्वपूर्ण योगदान गरेकी चितवनकी अरुणा शाही लिगकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

    सम्बन्धित खवर