चितवन टाइग्रेसलाई आदी आबादी महिला भलिबलको उपाधि

चितवन टाइग्रेसलाई आदी आबादी महिला भलिबलको उपाधि

  • , 5.4K जनाले हेर्नुभयो
  • 5.4K
    SHARES

  • चितवन टाइग्रेसलाई आदी आबादी महिला भलिबलको उपाधि

    महिला भलिबलको नम्वर एक टोली विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी आवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ । 

    तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश गरेको चितवनले एपिएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो ।

    त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको एकपक्षीय खेलको पहिलो सेटमा २५–२० को सहज जित निकाल्दै एपिएफलाई दवाव दएको दोस्रो सेटमा शुरुवाती अग्रता चितवनले लिएपनि एपिएफले उत्कृष्ट पूनरागमन गर्दै ४ अंकको अग्रता लिएपनि विदेशी खेलाडी सम्मिलित चितवनमाथि त्यो अग्रतालाई कायम राख्न सकेन ।

    उत्कृष्ट पूनरागमन गरेको चितवनले २५–१७ ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेटमा चितवनले २५–११ को सहज जित निकाल्यो । चितवनसँग पराजित भएसँगै एपिएफ यो सिजन पाँचौ उपाधि जित्नबाट चुकेको छ ।

    एपिएफले यसअघि शेरबहादुर खड्का स्मृति महिला भलिबल, सभामुख कप, एनभिए क्लब लिग च्याम्पियनसिप र तीज महोत्सवको उपाधि जितेको थियो । सभामुख कपको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको एपिएफले बाँकी तीन फाइनलमा न्यु डायमन्ड एकेडेमीलाई निराश पारेको थियो ।

    यसपटक एपिएफले त्यो सफलता हात पर्न सकेन । यसअघि नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित न्यु डायमन्ड एकेडेमीले तेस्रो स्थान हात पारेको छ । उपाधिसँगै चितवनले ६ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले ३ लाख रुपैमा चित्त बुझायो ।

    तेस्रो भएको न्यु डायमन्डले १ लाख ५० हजार प्राप्त ग¥यो । विजयी खेलाडीलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्ज रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द र आदी आबादी फाउन्डेसेनको सिईयो दिनेश सिंह लगायतले पुरस्कृत गरे ।

    सम्बन्धित खवर