यतीको एटिआर ७२ ले काठमाडौं –पोखरा– काठमाडौं उडान शुरु

यतीको एटिआर ७२ ले काठमाडौं –पोखरा– काठमाडौं उडान शुरु

  • , 4.8K जनाले हेर्नुभयो
  • 4.8K
    SHARES

  • यतीको एटिआर ७२ ले काठमाडौं –पोखरा– काठमाडौं उडान शुरु

    यतीको एटिआर ७२ ले काठमाडौं –पोखरा– काठमाडौं उडान शुरु

    निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले पोखरामा ठुलो जहाज एटिआर ७२–५०० उठान शुरु गरेको छ ।

    यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा बुधबार उडान शुरु गरेको हो । यतीले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमता भए पनि पोखरामा  ६० जना ल्याउने छ । पर्यटकीय सिजन शुरु भए सगँ यात्रुको संख्या बढेकाले ठुलो जहाजबाट सेवा शुरु गरेको यतीका एयरलाइन्सका सञ्चार अधिकृत भीमराज राईले जानकारी दिए । उनले बुधबार मात्रै बिहान ७ र ९ बजे दुईवटा उडान एटिआर ७२–५०० बाट गरेका जानकारी दिए ।

    उनले आवश्यकता अनुसार उडान थप्न गर्दै जाने बताए ।

    एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने उनले बताए । यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १० वटासम्म उडान नियमित गर्दै आएको छ । बुद्ध एयरले यस अगाडी नै काठमाडौं पोखरा रुटमा एटिआ ७२ उडान भर्दै आएको थियो ।

    सम्बन्धित खवर