फेरी अर्को दुखद खबर, बजारबाट फर्किदै गरेकी युवती जंगलमा बलात्कृत !

फेरी अर्को दुखद खबर, बजारबाट फर्किदै गरेकी युवती जंगलमा बलात्कृत !

  • , 14.2K जनाले हेर्नुभयो
  • 14.2K
    SHARES

  • फेरी अर्को दुखद खबर, बजारबाट फर्किदै गरेकी युवती जंगलमा बलात्कृत !

    खोटाङ । खोटाङमा एक महिला बलात्कृत भएकी छन् । जन्तुढुङ्गा गाउँपालिका–२ बोपुङ तीनदिँउ घर भएकी २५ वर्षीया महिला शुक्रबार बलात्कृत भएकी हुन् । भोजपुरको बालङ्खा बजारबाट चामल लिएर घर फर्कनेक्रममा चप्लेटी जंगलमा ती महिलालाई सोही गाउका २२ वर्षीय हरि खड्काले बलात्कार गरेको जनाईएको छ । बलात्कारपछि खड्का फरार रहेका छन् ।

    बालङ्खा बजारदेखि आफु चामल लिएर घर फर्कनेक्रममा खड्काले आफुलाई पछ्याएको र जंगलको विचमा आएपछि खड्काले जवरजस्ती तानेर जंगलमा लगेर बलात्कार गरेको पीडित महिलाले बताईन् । बलात्कारमा परेकी ती महिला नौ वर्षकी छोरी र श्रीमानलाई लिएर न्यायको माग गर्दै सदरमुकाम दिक्तेल आएकी छन् ।

    डिएनए परिक्षण गर्र्न र जिल्ला प्रहरी कार्यालयमा उजुरी हाल्नका लागि उनिहरुलाई इलाका प्रहरी कार्यालय चिसापानीले सुझाव दिएपछि उनिहरु सोमबार दिक्तेल आएका हुन् । घटनाको मौखिक जानकारी आएकोले पीडित पक्षलाई बोलाएको र उजुरी दर्ता हुनसाथ कानुनी प्रकृया सुर गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले जानकारी दिए ।source:janboli.com

    सम्बन्धित खवर