निर्मला हत्याको छानबिन प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीले किन चाहेनन्

निर्मला हत्याको छानबिन प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीले किन चाहेनन्

  • , 7.4K जनाले हेर्नुभयो
  • 7.4K
    SHARES

  • निर्मला हत्याको छानबिन प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीले किन चाहेनन्

    काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताएका छन् । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्‌मा छलफलपछि सार्वजनिक गरिनेउनले बताए । यस्तै उनले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारले दण्डित गर्ने बताए।

    गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताए। उनले जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको दाबी गरे। मन्त्री थापाले विगतमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको भन्दै सरकारले शान्ति सुरक्षाको अनुभूति दिएको बताए।

    सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई घेराबन्दी गर्ने काम गरिरहेकोभन्दै उनले मुलुकमा अस्थिरता चाहनेले सरकार गिराउनेसम्मको षड्यन्त्रभइरहेको आरोप लगाए। गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्नआइतबार विराटनगर आएका थिए। निर्मलाका बाबुले भने– ‘सरकारले आँखामा छारो हाल्ने काम मात्रै गर्यो’

    कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको ‘भेजिनल स्वाव’ र तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाका बाबु यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको प्रतिकृया दिएका छन् । ‘यो सरकारले हामीलाई न्याय देला भन्ने विश्वास नै थिएन, त्यहि भएर विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर टेष्ट गर्नुर्ने मैले काठमाडौमा मन्त्रीलाई नै भनेको हुँ । तर, मेरो कुरा सुनिएन । आखिर मैले जे सोचेको थियो रिपोर्ट त्यहि आयो’ निर्मलाका बाबु यज्ञराजले रातोपाटीसँग भने, ‘अब त सरकारले न्याय देला भन्ने लाग्नै छोड्यो ।’

    यज्ञराजले घटनाको अनुसन्धानका नाममा सरकारले जेजति गरेको देखाएपनि त्यो सबै आँखामा छारो हाल्न मात्र गरेको बताए । ‘हामीले घटनाको सुरुवात कहाँबाट भएको र को को मानिस जोडिएका छन् भनेर पहिलेदेखि नै भनेका हौँ । तर हामीलाई आशंका लागेका व्यक्तिहरुमाथि गहिरो अनुसन्धान नै गरिएन’, उनले बम दिदीबहिनीप्रति संकेत गर्दै भने, ‘प्रमाणहरु नष्ट गरिएको छ । निर्मलाका लुगा अझै भेटिएका छैनन्, पोष्टमार्टम गर्ने डाक्टरहरुलाई नै खेदिएको छ । यस्तो सरकारले कसरी तथ्य सार्वजनिक गर्छ र हामीले न्याय पाउछौ रु’ उनले भावुक हुँदै भने ।

    बम दिदी बहिनीको घरमा अझै खनतलासी नगरिएको भन्दै उनीहरुलाई पनि अनुसन्धानका नाममा बोलाएर त्यसै छाडिएको यज्ञराजले गुनासो गरे । बम दिदी बहिनीलाई छाड्ने र एसपी विष्टसहितको डिएनए परीक्षण गर्न ढिला गर्नुलाई आफुले न्याय मार्न गरिएको षड्यन्त्रका रुपमा बुझेको निर्मलाका बाबु यज्ञराजले दावी गरे । अहिलेसम्म सञ्चारमाध्यमले आफूलाई ठूलो सहयोग गरेको भन्दै पन्तले अझैपनि सहयोग गरिदिन र आफूलाई न्याय दिलाउन आग्रह गरे ।

    ‘सञ्चारमाध्यमकै साथ पाएर हामी यहासम्म आएका छौँ, अझैपनि तपाईँहरुको सहयोग पाए केही हुन्छ की भन्ने छ । सरकारले त न्याय देला भन्ने अब टुटिसक्यो’ पन्तले भने । निर्मला पन्त त एक उदाहरणमात्रै हुन् । त्यस घटनापछि पनि धेरै निर्मलाहरुको बलात्कार भइरहेको भन्दै उनले त्यस्ता अपराधीहरुलाई सरकारले कानुनी कठघरामा नल्याएकोमा चिन्ता व्यक्त गरे । ‘म पनि नेपाली नै हुँ, तर मलाई नेपाली नभएर अरु नै देशको जस्तो व्यवहार सरकारले गरेको मैले महशुस गरेको छु’, उनले भने, ‘ मेरी छोरीको आज यो हालत भयो, अपराधीलाई सरकारले नै लुकायो । त्यो अपराधीले अव अरु कति निर्मलालाई बलात्कार गर्छ यो ठुलो चिन्ताको विषय हो ।’

    यज्ञराजले निर्मलाका बास्तविक हत्यारा र बलात्कारी पहिचान नभएसम्म राज्यसँग लडिरहने पनि बताए । उनले बास्तविक हत्यारा पहिचानका लागि महेन्द्रनगरमा आन्दोलन जारी रहेको पनि बताए । निर्मला पन्तको बलात्कार–हत्या छानविनका लागी गठित सह–सचिव हरि मैनाली नेतृवत्को समितिको सुझावपछि गृहमन्त्री रामबहादुर थापाले एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर शुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण गर्न निर्देशन दिएका थिए ।

    आशंका गरिएका तीनै जनाको नमुना संकलन गरेर त्रिवि शिक्षण अस्पतालका डाक्टर र नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाका प्राविधिकहरुले संयुक्त रुपमा डिएनए परीक्षण गरेका थिए । ‘एसपी विष्ट सहित तीनै जनाको डिएनए रिपोर्ट मेल खाएन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख (एसपी) कुवेर कडायतले रातोपाटीसँग आइतबार बिहान भने, ‘काठमाडौंबाट पठाइएको शिलबन्दी रिपोर्ट हामीले खोलेर हेर्दा डिएनए रिपोर्ट नमिलेको देखियो ।’ निर्मला पन्तको गत साउन १० गते साथी रोसनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । ११ गते उनको शव उखुबारीमा भेटिएको थियो । तीन जनाको डीएनए रिपोर्ट नेगेटिभ आएसँगै कञ्चनपुर घटना थप रहस्यमय बनेको छ ।

    सम्बन्धित खवर