रामपुर कृषि क्याम्पस संकटमा

रामपुर कृषि क्याम्पस संकटमा

  • , 6.4K जनाले हेर्नुभयो
  • 6.4K
    SHARES

  • रामपुर कृषि क्याम्पस संकटमा

    भरतपुर,१६ असोज ।मुलुककै जेठो कृषि क्याम्पस रामपुर कृषि क्याम्पस संकटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय (कृविवि) खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पसको रुपमा परिचित रामपुर कृषि क्याम्पस संकटमा परेको हो ।
    पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने निर्णयसँग उक्त क्याम्पस विस्तापित भएको छ । अहिले रामपुर कृषि क्याम्पस चितवनकै खैरहनी नगरपालिकामा सरेको छ । सरकारले उक्त क्याम्पस रहेको जग्गासहितको भौतिक संरचनामा कृविवि बनाउने निर्णयसँगै अहिले खैरहनीस्थित खैरहनी माविको दशजोड दुईको भवनमा सरेको छ ।
    चार कोठे भवनमा उक्त क्याम्पसमा विद्यार्थीलाई पढाउनका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको क्याम्पसका क्याम्पस प्रमुख मिलन सुवेदीले बताए । खैरहनी नगरपालिकाको आर्थिक सहयोगमा उक्त क्याम्पस हाल सञ्चालित छ । वि.सं २०२९ मा स्थापना भएको त्रिविको आङ्गिक ‘क’ श्रेणीको उक्त क्याम्पस रामपुरमा ३६२ विघा क्षेत्रफलमा रहेको थियो । तर, उक्त ठाउँमा कृविवि आएपछि अहिले रामपुर कृषि क्याम्पस भौतिक पूर्वाधारविहीन अर्काको भवनमा असारदेखि बिएसी एजीको कक्षा सञ्चालन गर्दै आएको छ ।
    “पहिलेको भौतिक संरचना सहितजग्गा सबै सरकारले कृविविलाई दिने निर्णयसँगै हामी सडक आयौं”, उनले भने, “अहिले भने नगरपालिकाको उपलब्ध गराएको चारकोठे भवनमा जेनतेन कक्षा सञ्चालन गरिरहेका छौं ।” उसो त उक्त क्याम्पसको सबै भौतिक संरचना कृविविले लिएपछि ६ वर्ष रामपुर कृषि क्याम्पसको नयाँ भर्ना समेत रोकिएको थियो । त्रिवि र कृविविबीच भौतिक संरचना हस्तान्तरण सम्बन्धी विवादले नयाँ भर्ना रोकिएकोले गत वर्षबाट नगरपालिकाले भवन उपलब्ध गराउने भएपछि नयाँ भर्ना सुरु गरिएको क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए ।
    अहिले कृषि स्नातक तहतर्फ प्रथम सत्रान्त (सेमेष्टर)मा ५० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । त्रिवि र कृविविबीच भौतिक संरचना सम्बन्धी विवाद चुलिएपछि सरकारद्वारा गठित गीताभक्त जोशीको संयोजकत्वको समितिले दिएको सुझावअनुसार सरकारले गतवर्ष खैरहनीको कङ्काली सामुदायिक वनको करीब ३५४ बिगा क्षेत्रफल दिने निर्णय गरेको छ ।
    तर, उक्तजग्गा हालसम्म पनि हस्तान्तरण नभएकाले क्याम्पसको भौतिक संरचना बनाउन नसकिएको क्याम्पसका कर्मचारी टङ्कराज सापकोटाले जानकारी दिए । भौतिक संरचना नहुँदा कृषिजस्तो प्राविधिक विषयमा प्रयोगात्मक कक्षा समेत सञ्चालन हुनसकेको छैन । स्नातक तह पढाउनका लागि कम्तीमा ६ वटा प्रयोगशाला आवश्यकपर्ने भए पनि हाल कुनै पनि प्रयोगशाला रहेको छैन । अहिले क्याम्पसले प्रयोगात्मक कक्षा सञ्चालनका लागि नगरपालिकासँग कृषि शाखाको भवन माग गरेको छ ।
    “जम्मा चार कोठा छ । दुईवटा कोठामा कक्षा सञ्चालन गछांै” उनले भने, “अन्य दुई कोठा पुस्तकालय र शैक्षिक शाखा रहेको छ । अनि हामीसँग प्रयोगात्मक कक्षा सञ्चालन गर्ने कोठा नै छैन ।” विगतमा धेरै कृषिविज्ञ उत्पादन गरेको कृषि क्याम्पसलाई अहिले सरकारले तलब बाहेक अन्य बजेट उपलब्ध समेत गराएको छैन । नगरपालिकाले वार्षिक रु ३० लाख क्याम्पसको सञ्चालनका लागि उपलब्ध गराउँदै आएको छ ।
    क्याम्पस प्रमुख सुवेदीले सरकारले बजेट उपलब्ध नगराएपछि नगरपालिकाको सहयोगमा क्याम्पस सञ्चालन गरिरहेको बताए । उनले थपे, “आगिक क्याम्पसलाई सङ्घीय सरकारले बजेट छुट्टाउन पर्ने भए पनि हाल नगरपालिकाले गरेको सहयोगमा क्याम्पस सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ, तर नगरपालिकाको बजेट मात्र क्याम्पस सञ्चालन हुन सक्दैन ।”
    प्रथम सत्रान्तमा अध्ययनरत विद्यार्थी सोनिका परियारले भर्ना भएको तीन महिना वितिसक्दा पनि राम्रोसँग पठनपाठन हुन नसकेको बताए । उनले कृषि जस्तो विषयमा सैद्धान्तिक पढाइ मात्र गराएर प्रयोगात्मक कक्षा सञ्चालन नगरेको बताए । नगरपालिका काप्रमुख लालमणि चौधरीले चितवनमा कृविवि स्थापना भएपछि रामपुर कृषि क्याम्पस नचाहिने तर्क गर्ने केही मानिसका कारण क्याम्पस सङ्कटमा परेको बताए ।
    उनले भने, “देश तथा विदेशमा चिरपरिचत कृषिविज्ञ उत्पादन गरेको क्याम्पस अहिलेको अवस्था पुग्दा मलाई दुःख लागेको छ। तर हामीले क्याम्पसलाई पुनः पहिल्यैकै अवस्थामा पु¥याएर छाड्छौं ।’’ नगर प्रमुख चौधरी सोही कृषि क्याम्पसबाट कृषिमा स्नातक तह उत्तीर्ण गरेका हुन् ।

    डिन कार्यालय नहुँदा समस्या
    उक्त क्याम्पससँगै रहेको कृषि डिन कार्यालय रामपुर हँुदासँगै रहेको २०६७ सालमा कृविवि आएपछि २०६९ सालमा विस्थापित भई काठमाडौँमा सम्पर्क कार्यालयमार्फत सञ्चालन हँुदै आएको छ । डिन कार्यालय चितवनमा नहुँदा आर्थिक व्ययभार थपिनुका साथै अन्य कृषि विषय सम्बन्धी नीति निर्माण गर्न समेत समस्या भएको छ ।
    क्याम्पसका त्रिवि कर्मचारी संघका अध्यक्ष शान्तराम दराईले डिन कार्यालय चितवनमा ल्याउनका लागि पटक–पटक पहल गर्दा पनि अझै नआएको बताए । त्रिविअन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थानमा रहेका चार वटा आङ्गिक क्याम्पस रामपुर, पक्लिहवा, लमजुङ र गौरादह कृषि क्याम्पसको केन्द्रको रुपमा डिन कार्यालय चितवन नै रहनुपर्ने उपयुक्त देखिन्छ । तर डिन कार्यालय भाडामा लिई काठमाडौँमा सञ्चालन भइरहेको छ ।
    नगरपालिकाका प्रमुख चौधरीले डिन कार्यालय नहुँदा क्याम्पसको शैक्षिक कार्यक्रम नै प्रभावित भएकोले चाँडै नै डिन कार्यालयलाई चितवन ल्याउन पहल गर्ने बताए । रासस

    सम्बन्धित खवर