चितवनसम्म पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन सहमति

चितवनसम्म पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन सहमति

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • चितवनसम्म पेट्रोलियम र ग्यासको पाइपलाइन ल्याउन सहमति

    १३ असोज ।भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका लागि नेपाल र भारतका वीचमा सहमति भएको छ। शुक्रबार नेपाल र भारतका वीचमा भएको मन्त्रीस्तरीय छलफलमा पेट्रोलियम र एलपीजी ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानबीच भएको छलफलमा यो सहमति भएको हो ।
    नेपाल आयल निगमका अनुसार पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तार गर्न सम्भव भएको प्रारम्भिक सर्वेक्षणले देखाएको थियो। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले केही महिना अघि यो सर्वेक्षण गरेको थियो। भारतीय पेट्रोलियममन्त्री प्रधानले अमलेखगंज मोतिहारी पाइपलाइनको निरीक्षण र समसामयिक विषयमा छलफल गर्नका लागि शुक्रबार नेपाल आएका छन् । अहिले मोतीहारीदेखि अमलेखगंजसम्म करिव ७० किलोमिटर पेट्रोलियम पाइपलाइनको काम धमाधम भइरहेको छ।आयोजनाका अनुसार ५ महिनामा पाइपलाइन तयार हुनेछ । यही पाइपलाइनलाई थप विस्तार गरेर चितवन ल्याउन लागिएको हो । खाना पकाउने एलपीजी ग्यासको अर्को पाइपलाइन मोतिहारीदेखि चितवनसम्म विस्तार गरिनेछ । निगमका अनुसार अहिले मुज्जफरपुरसम्म इण्डियन आयल कर्पोरेशनले ग्यासको पाइपलाइन निर्माण भइसकेको छ। सोही ठाउँबाट मोतीहारी हुनै अमलेखगंज भएर चितवनसम्म पाइपलाइन आउनेछ ।

    सम्बन्धित खवर