ए डिभिजन लिग: सरस्वतीलार्इ हराउँदै संकटा क्लब विजयी

ए डिभिजन लिग: सरस्वतीलार्इ हराउँदै संकटा क्लब विजयी

  • , 6.6K जनाले हेर्नुभयो
  • 6.6K
    SHARES

  • ए डिभिजन लिग: सरस्वतीलार्इ हराउँदै संकटा क्लब विजयी

    काठमाडाैं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा संकटा क्लब विजयी भएको छ ।

    सरस्वती युवा क्लबलाई १–० ले हराउँदै संकटा पहिलो तीन अंक जोड्न सफल भएको हो । सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा लक्ष्मण रुचालको अन्तिम समयको गोल निर्णायक बनेपछि संकटा यो सिजन तीन अंक जोड्ने पहिलो टिम बनेको हो ।

    इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यामरुनका खेलाडी म्याक्सवेलको क्रसमा रुचालले गोल गरेका थिए ।

    करिब पाँच वर्षपछि सञ्चालन भएको लिग साेमबारदेखि केही समयका लागि स्थगित हुँदैछ । नेपाल राष्ट्रिय टिम बंगलादेशमा भोलिदेखि हुने बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने भएपछि लिग केही समयका लागि स्थगित हुने भएको हो ।

    नेपाली टिम आज बंगलादेश प्रस्थान गरेको छ । बंगबन्धु गोल्डकपमा मंगलबार नेपालले ताजिकिस्तानसँग खेल्नेछ ।

    सम्बन्धित खवर