हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त १३ वर्षपछि समातिए

हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त १३ वर्षपछि समातिए

  • , 13.9K जनाले हेर्नुभयो
  • 13.9K
    SHARES

  • हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त १३ वर्षपछि समातिए

    १४ असोज,  नेपालगञ्जमा सुनचाँदी व्यवसायी दिपक हेमकरसहित उनको परिवारका ५ जनाको घाँटी रेटी हत्या भएको घटनाको मुख्य अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रहरी टोलीले मुख्य अभियुक्त किशोरीलाल सोनीलाई पक्राउ गरेको हो ।

    उनलाई प्रहरी टोलीले नेपाल–भारत सीमा नाका जमुनाहबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अरुण पौडेलले अनलाइनखबरलाई बताए ।

    पक्राउ परेका सोनी दिपककै ससुरा हुन् । आर्थिक लेनदेन सम्बन्धी विवादमा उनले ५ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । यद्यपि, उनलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालिएको एसपी पौडेलले बताए ।

    यसअघि २३ फागुन २०६२ मा नेपालगञ्जमा व्यवसायी ३२ वर्षीय दीपकसहित ८२ वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीया सीतादेवी हेमकार र कामदार राम शनिच्चर चौधरीको हत्या भएको थियो ।

    उनीहरूको हत्यापछि २९ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना पनि लुटिएको थियो । हेमकरले नेपालगञ्ज–११, सदरलाइन रोडस्थित आफ्नै घरमा दीप ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।

    घटनालगत्तै, प्रहरी प्रधान कार्यालयले विशेष अनुसन्धान टोली नेपालगञ्ज पठाएको थियो । तर, अभियुक्त पक्राउ पर्न सकेका थिएनन् ।

    सम्बन्धित खवर