ओली सरकारको उपहार : निर्मलाको हत्यारा लुकाइयो, भारतीय आतंककारी खुर्सिदलाई शहिद घोषणाको प्रमाण पत्र र १० लाख दिइयो

ओली सरकारको उपहार : निर्मलाको हत्यारा लुकाइयो, भारतीय आतंककारी खुर्सिदलाई शहिद घोषणाको प्रमाण पत्र र १० लाख दिइयो

  • , 6.7K जनाले हेर्नुभयो
  • 6.7K
    SHARES

  • ओली सरकारको उपहार : निर्मलाको हत्यारा लुकाइयो, भारतीय आतंककारी खुर्सिदलाई शहिद घोषणाको प्रमाण पत्र र १० लाख दिइयो

    काठमाडौं । भारतका आतंकवादी क्रियाकलाप गर्दै आएका खुर्सिद अन्सारीलाई ओली सरकारले शहिद घोषणा गरेको छ । मृत्युको एक हप्ताभित्र शहिद घोषणा गरिसकेको ओली सरकारले आइतबार खुर्सिदको परिवारलाई शहिद घोषणाको प्रमाण पत्र र राहतस्वरुप १० रुपैयाँको चेक हस्तानतरण गरिएको छ ।

    ११औं दिनको अवसरमा उनकै गाउँमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा पुगेर गृहमन्त्री रामबहादुर थापा बादललले खुर्सिदको परिवारलाई शहिद घोषणाको प्रमाण पत्र र १० लाख रुपैयाँ बराबरको चेक हस्तानतरण गरेका हुन् ।

    खुर्सिद भारतमा आतंकवादी क्रियाकलाप गर्दै आएकाले भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको व्यक्ति थिए । भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको थाहा पाएपछि उनी नेपाल आएर सुनसरीमा एउटा स्कुल सञ्चालन गर्दै आएका थिए ।

    त्यसबीचमा तत्कालीन एमाले पार्टीको सदस्यता लिएपछि उनी पछिल्लो समय नेकपाको सदस्य रहेका थिए । नेकपाकै आड र संरक्षणमा उनले सुनसरीबाट आतंकवादी गतिविधिलाई प्रश्रय दिँदै आएका थिए ।

    उनको गत असोज ४ गते उनले नै सञ्चालन गरेको स्कुलमा भारतीय सीमाबाट आएको समुहले गोली हानी हत्या गरेको थियो ।

    उता कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यामा संलग्न रहेका व्यक्तिको भने सरकारले अहिलेसम्म खोजी गर्न सकेको छैन । सरकारले छानविनको प्रतिवेदन समेत सार्वजनिक गरेको छैन ।

    सम्बन्धित खवर