म्याग्दीमा परीक्षा हल भित्रै छोरी जन्मिएपछि स्ट्रेचरमा बसेर एसईई दिदै

म्याग्दीमा परीक्षा हल भित्रै छोरी जन्मिएपछि स्ट्रेचरमा बसेर एसईई दिदै

  • , 2.6K जनाले हेर्नुभयो
  • 2.6K
    SHARES

  • म्याग्दीमा परीक्षा हल भित्रै छोरी जन्मिएपछि स्ट्रेचरमा बसेर एसईई दिदै

    म्याग्दी, चैत १३ – पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–७ सिबाङमा हेम माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा एसईई दिन जानु भएकी एक युवतीले छोरी जन्माउनु भएको छ । ताकम मावि ताकमबाट एसईई परीक्षामा सहभागी २१ वर्षीया फुलमाया केसीले मंगलबार बिहान छोरीलाई जन्म दिनुभएको हो ।

    मङ्गलबार विज्ञान विषयको परीक्षा दिन जानुभएकी केसीलाई सुत्केरी व्यथा लागेपछि तत्कालै ताकम स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा पुर्याइएको थियो । सुत्केरी भएको एक घण्टापछि परीक्षार्थी केसीलाई स्ट्रेचरको सहायतामा परीक्षा दिने व्यवस्था मिलाइएको हेम मावि सिबाङ स्रोतकेन्द्रका स्रोतव्यक्ति गिरीप्रसाद छन्त्यालले बताउनुभयो ।

    उहाँलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्थासहित आवश्यकता अनुसार समय थप गरिएको स्रोतव्यक्ति छन्त्यालले जानकारी दिनुभयो । सुत्केरी भएलगत्तै फुलमायाले विज्ञान विषयको परीक्षा दिने बताएपछि स्वास्थ्यकर्मीले उहाँलाई स्टे«चरमा लैजान सुझाव दिएका थिए ।

    धौलागिरी–३, मुनाको सोलबाङ स्थायी घर हुनुभएकी केसी र शिशुको स्वास्थ्यवस्था ठिक रहेको बताइएको छ । एसईई परीक्षा दिने क्रममा जन्मिएकी केसीको छोरीको नाम प्रवेशिका राखिएको छ । उक्त परीक्षा केन्द्रमा २ सय २३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।

    प्रताप बानियाँ/उज्यालो ।

    सम्बन्धित खवर