भाडावृद्धि फिर्ता लिन माग गर्दै यातायातमन्त्रीलाई ज्ञापनपत्र

भाडावृद्धि फिर्ता लिन माग गर्दै यातायातमन्त्रीलाई ज्ञापनपत्र

  • , 4.6K जनाले हेर्नुभयो
  • 4.6K
    SHARES

  • भाडावृद्धि फिर्ता लिन माग गर्दै यातायातमन्त्रीलाई ज्ञापनपत्र

    यातायात क्षेत्रमा भएको भाडावृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापनपत्र बुझाएको छ। अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको एक टोलीले शनिवार मन्त्री महासेठलाई ज्ञापनपत्र बुझाएर भाडावृद्धि फिर्ता लिन माग गरेको हो। भेटका क्रममा यातायात मन्त्री महासेठले यातायात क्षेत्रमा भएको भाडावृद्धिमा पूनर्विचार हुने बताए। ‘यातायात, क्षेत्रमा भएको १० प्रतिशत भाडा वृद्धिमा पुर्नविचार हुन्छ,’ मन्त्रीले दिएको अाश्वासन उद्धृत गर्दै विद्यार्थी नेताले भने, ‘४५ प्रतिशत विद्यार्थी सहुलियतको पूर्ण कार्यन्वयन गर्छु।’ १० प्रतिशत भाडावृद्धि र ४५ प्रतिशत विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन गर्नका लागि क्याम्पस कमिटीको नेतृत्वमा ज्ञापनपत्र बुझाई अनेरास्ववियुको दबाब र जागरणको भुमिकालाई थप बलियो बनाएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले बताए।

    सम्बन्धित खवर