एसईई परीक्षा दिईरहेकी एक छात्रा मृत अवस्था फेला

एसईई परीक्षा दिईरहेकी एक छात्रा मृत अवस्था फेला

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • एसईई परीक्षा दिईरहेकी एक छात्रा मृत अवस्था फेला

    सुर्खेतमा एसईई परीक्षा दिइरहेकी एक छात्रा मृत फेला परेकी छन् । पञ्चपुरी नगरपालिका – ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

    एसईईको परीक्षामा सहभागी हुन उहाँ पञ्चपुरी नगरपालिका ५ कै बावियाचौर डेरा लिएर बस्नु भएको थियो । प्रहरीले छात्राको हत्या भएको आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख शुसोभन श्रेष्ठले घटना शंकास्पद रहेकोले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

    ‘शरिरमा घाउचोट पनि देखिएको छ । अवस्था हेर्दा हत्या भएको आशंका गरेका छौँ’ उहाँले भन्नुभयो, ‘हामीले अनुसन्धान गरिरहेका छौँ।’ दोषिलाई फेला नपारेसम्म पोष्टमार्टम गर्न नदिने आफन्त र स्थानीयहरुले बताएको उहाँले बताउनुभयो ।

    बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयहरुले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । छात्रा सुर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् ।source:facebook

    सम्बन्धित खवर