ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो

ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो

  • , 8.6K जनाले हेर्नुभयो
  • 8.6K
    SHARES

  • ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई गएराती सम्बोधन गरेका छन् ।

    अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दा एक नयाँ प्रयोग देखियो, जुन नेपालका कुनैपनि प्रधानमन्त्रीले यस अगाडि गरेका थिएनन् ।

    ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो ।

    युएन महासभालाई सम्बोधन गर्दा ओलीले लिखित अंग्रेजी भाषण वाचन गरेका थिए । तर उनले घोप्टो मुन्टो लगाएर कागजका पाना पल्टाउँदै भाषण गरेको देखिएन । उनी दायाँ र वायाँ तर्फ मुन्टो घुमाउँदै प्रम्पटरमा आँखा गाढेर भाषण दिएका थिए । हेर्नलाई ओलीले खरर अंग्रेजीमा भाषण दिए भन्ने पर्यो ।

    यस अगाडि यही मञ्चमा नेपालका प्रधानमन्त्रीहरूले घोप्टे मुन्टो लगाएर लिखित भाषण पढेका देख्दा निकै अड लाग्थ्यो । प्रबिधीमा अगाडि ठानिएका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समेत पाना पल्टाएर भाषण पढेका थिए । तर यसपटक प्रम्पटरका अक्षर पढेका ओली युएन महासभामा तुलनात्मक सानदार अंग्रेजी भाषण दिने वक्ताको रूपमा देखिए ।

    के हो त प्रम्पटर ?

    प्रम्टरको माध्यमबाट वक्ताले दर्शकसँग आँखा मिलाएर लिखित भाषण दिन सक्छन् । घोप्टो मुन्टो लगाएर भाषण पढ्नुपर्ने अवस्थालाई प्रम्पटरको प्रयोगले सहज गरिदिन्छ । कागजमा भाषण उतारेर पढ्ने हैरानीको समाधान हो-प्रम्पटर । जसले नेताको भाषणकलामा अझ निखार ल्याउँछ । जुनसुकै भाषामा पनि सहजै भाषण गरेको जस्तो देखाउन प्रम्पटर सहयोगी हुन्छ ।

    प्रम्पटर मुख्यतः टेलिभिजन प्रस्तोताका लागि प्रयोगमा आउँछ । प्रस्तोताले क्यामेरासँग आँखाको भाका मिलाएर समाचार वा लिखित स्क्रिप्ट पढेको देखाउन यसको प्रयोग हुन्छ । विदेशतिर गायक वा कलाकारहरूले प्रस्तुतीका समय आफ्ना लाइनहरू नछुटुन् भनेर पनि यसको प्रयोग गर्ने क्रम बढ्दो छ ।

    विश्वका प्रभावशाली देशका प्रधानमन्त्री वा ठूला नेताहरूले प्रम्पटरको प्रयोग गरेका धेरै उदाहरण छन् । वक्ता उभिने ड्यासको दायाँ र वायाँतर्फ सानो स्ट्याण्डको टुप्पोमा प्रम्पटर राखिएको हुन्छ । एनाको काम गर्ने अर्धपारदर्शी त्यही शिसाको पाटी अर्थात प्रम्पटरमा वक्ताले पढ्ने अक्षर देख्छन् र शिलशिला मिलाएर भाषण गरेको शैलीमा त्यहाँका अक्षरहरू वक्ताले पढ्छन् । वक्ताले पढ्ने रफ्तार र बीचमा जोड्ने अन्य सन्दर्भसमेतलाई ध्यानमा राख्दै सहयोगीले पढ्ने लाइनहरूको गति नियन्त्रण गरेर प्रम्पटरमा पढ्ने लाइनहरू देखाउन मद्दत गर्छन् ।

    दर्शकलाई लिखित भाषण पढेको जस्तो नपार्ने क्षमता वक्ता वा नेताले देखाउने हो । जस्तो कि मोदीले जनकपुरमा भाषण गर्दा प्रम्पटर प्रयोग गरेका थिए ।

    राजनीतिक आग्रहको पाटोलाई बिर्सने हो भने मोदीको भाषण लयात्मक र अन्तरा मिलेको निकै कर्णप्रिय थियो । मोदी र अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामा प्रम्पटर प्रयोग गरेर आफ्नो भाषण कलाबाट चर्चित बनेका नेतामा कहलिन्छन् ।

    नेपाली जनतामाझ त्यसै पनि भाषण कलामा कहलिएका प्रधानमन्त्री ओलीले अंग्रेजी भाषणलाई पनि प्रभावकारी बनाउने तर्फ केन्द्रित भएका देखिन्छन् । यस अगाडि ओलीले नेपामा एकाध कार्यक्रममा प्रम्पटरको प्रयोग गरेका थिए ।

    सम्बन्धित खवर