रक्सीकै मातमा पसलतिर झर्दै गर्दा २७ वर्षीय कुसुम पौडेले श्रीयालाई देखेपछि बलात्कारपछि हत्या

रक्सीकै मातमा पसलतिर झर्दै गर्दा २७ वर्षीय कुसुम पौडेले श्रीयालाई देखेपछि बलात्कारपछि हत्या

  • , 10.4K जनाले हेर्नुभयो
  • 10.4K
    SHARES

  • रक्सीकै मातमा पसलतिर झर्दै गर्दा २७ वर्षीय कुसुम पौडेले श्रीयालाई देखेपछि बलात्कारपछि हत्या नेपालि सन्देस

    पोखरा महानगरपालिका–२२, पुम्दी, कोदी, मामाघर बस्दै आएकी १० वर्षीया श्रीया विकको बलात्कारपछि हत्या भएको प्रहरीले पुष्टि गरेको छ । श्रीयालाई बलात्कारपछि हत्या गर्ने सोही स्थानका २७ वर्षीय कुसुम पौडेललाई आज बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो ।
    हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका कुसुम पौडेलको प्रहरीले प्रारम्भिक बयान लिने क्रममा आफ्नो संलग्नता रहेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिए ।
    असोज ८ गते सोमबार साँझ ४ः३० बजे बिस्कुट किन्न भनी घरबाट निस्किएकी श्रीया भोलिपल्ट बिहान कोदीस्थित बराल कुल मन्दिरको पूर्वतर्फको भिरालो जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । श्रीयाको शव प्रहरीले पोष्र्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
    पोष्र्टमाटममा खटिएका चिकित्सकको टोलीले बलात्कारपछि गहिरो चोट पर्ने गरी हत्या गरेको रिपोर्टमा खुलाएको छ । अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी नविन कार्कीको कमाण्डमा टोली खटाइएको थियो । सोही अनुसन्धान टोलीले असोज ९ गते मंगलबार हत्यामा संलग्न भएको आरोपमा कुसुम पौडेललाई कोदीमै उनको घरबाट राति ८ः३० बजे पक्राउ गरेको हो ।
    हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाउन कास्की प्रहरीले कुकुरलाई अनुसन्धानमा प्रयोग गरेको थियो । कुकुर श्रीया बस्ने मामाघरबाट १ सय मिटर पर पुगेर अल्मलिएको थियो । उनको मामाघर र हत्यामा संलग्न भएका कुसुम पौडेलको घर १ सय मिटरको फरकमा छ ।
    श्रीया पोखरा–२२ स्थित लिला आधारभूत विद्यालय कक्षा ३ मा पढ्थिन । उनका बाबुले अर्को बिहे गरेपछि उनी २ वर्ष यता मामाघर बस्दै आएकी थिइन् ।
    घाँटी थिचेर ढुंगाले पटकपटक हाने
    असोज ८ गते सोमबार बिहान ११ बजेदेखि नै कोदीमै रहेको एक स्थानीयको भट्टी पसलमा कुसुम पौडेल रक्सी पिइरहेका थिए । झण्डै दिउँसो १२ बजेको हुँदो हो कुसुम पौडेल बाँकी रहेको रक्सी लिएर प्रकाश बराल, सुशील बराल र राजकुमार विकसहित माथि डाँडामा पर्ने उदय केसीको घरमा बसी रक्सी खाईरहेका थिए ।
    सोही दिनको ४ः४५ बजेको समयमा कुसुम पौडेल चुरोट किन्न भनि रक्सीकै मातमा तल पसलतिर झर्दै थिए । त्यत्तिकैमा श्रीया विक मामाघरबाट एक्लै तल झर्दै गरेको पौडेलले देखे ।
    श्रीयाको मामाघरबाट त्यस्तै ६०÷७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर छ । त्यहीँ बिचमा पौडेलले श्रीयालाई चकलेट खाउ भनी ५ रुपैयाँ दिए । त्यहाँबाट यसो १० मिटर तल के झरेका थिए पौडेल । पुरानो घर र पानी ट्यांकी बिचमा छेको पार्दै श्रीयालाई थप १० रुपैयाँको प्रलोभन देखाएर बोलाए ।
    घटनाको बयान दिने क्रममा पौडेलका अनुसार त्यत्तिकैमा उनले श्रीयालाई जबर्जस्ती गर्न खोज्छन्, श्रीयालले उसलाई प्रतिकार गर्छिन । प्रतिकार गर्दा श्रीया आफैं ट्यांकी मुनि रहेको झाडीमा लड्न पुग्छिन् ।
    झाडीमा पल्टिएको मौका पारी पौडेलले श्रीयाको कपडा खोल्छन र जबर्जस्ती गर्छन् । श्रीया चिच्याउँछिन् । पौडेलले श्रीयाको चित्कार बाहिर फुत्कन नदिन दुवै हातले उनको घाँटी थिच्छन् । घाँटी थिच्दा उनी बेहोस भइसकेकी हुन्छिन् र पौडेलले श्रीयाको योनीमा चोरी औला जबर्जस्ती घुसाउँछन् ।
    बेहोस भइसकेकी श्रीयालाई ढुंगाले अनुहार र टाउकोमा प्रहार गर्छन र मरी भन्ने भईसकेपछि झाडीमा उनलाई छाडिदिन्छन् । पौडेलले भने झाडीकै बाटो बाँसघारी हुँदै मुख्य सडक पुग्छन् ।
    मुख्य सडकमा पुगेपछि सडकसँगै जोडिएको पानीको मूलमा हात खुट्टा धोइपखाली गरी निरज खाजा घरमा चुरोट सल्काएर बस्छन् ।
    सोही समयमा पौडेलकी श्रीमती दुध किन्न नजिकैको घरमा आउँदा उनलाई देख्छिन् र घर लिएर जान्छिन् । पौडेल घरमा गई आफूले लगाएको लुगा धोइपखाली गरी आँगनमा रहेको टङगालोमा लुगा सुकाई घरमै बस्छन् ।

    सम्बन्धित खवर