१० बर्षिए श्रीयालाई बल-त्कार गरी हतया गर्ने कुशुम यसरी प्रहरीको फन्दामा, प्रहरी चौकी अगाडी नाराबाजी

१० बर्षिए श्रीयालाई बल-त्कार गरी हतया गर्ने कुशुम यसरी प्रहरीको फन्दामा, प्रहरी चौकी अगाडी नाराबाजी

  • , 10.5K जनाले हेर्नुभयो
  • 10.5K
    SHARES

  • १० बर्षिए श्रीयालाई बल-त्कार गरी हतया गर्ने कुशुम यसरी प्रहरीको फन्दामा, प्रहरी चौकी अगाडी नाराबाजी

    बेलुकी ६ बजेपछि पाँच जना आ आफ्ना घरतिर लागे । पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे । श्रीया हातमा पाँच रुपैंया नोट बोकेर आइरहेको देखे । कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा एकाएक पाप पलायो । उसले आफूतिर बोलाए । ५ रुपैंया लिएर पसल हिँडेको ? आउ म दिन्छु पैसा भने, हजुरआमासँग ५ रुपैंया पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन ।

    त्यसपछि कुशुमले श्रीयालाई समाते । श्रीया रुनकराउन थालिन् । बालिकाको घाँटीमा समाते । झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए । त्यसपछि, आफै बाटो तल झरेर अर्धबेहास् श्रीयाको शरीरमाथि खेले । बालिका रक्ताम्ये भईन् । इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे । जमिन खोस्रेर टाउको माटोमा गाडिदिए । त्यसपछि कुशुम घर फर्के । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए ।

    श्रीयालाई राती अबेरसम्म खोजी गरियो भेटिएन । बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो । झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए ।

    मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की सहितको टोली मुभ भयो । लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना घटनास्थल सोझिए । तालिम प्राप्त कुकुर साथमा थियो । कुकुर १०० मिटर वरपर अलमलियो ।

    स्थानीयले बलात्कार नै भएको ठोकुवा गर्दै नत्र कञ्चनपुर जस्तो घटना दोहोरिने भन्दै शव पोखरा झार्न दिएन । केहिबेरको अवरोधपछि चिनेकै चिकित्सक समावेश र स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याइयो । चिकित्सकले बलात्कार भएको त्यतिबेलै स्थानीयलाई गोप्य रुपमा भनेको बालिकाकी ठूलोबुबा मिनबहादुर बिकले बताए ।

    सुन काण्ड होस् या फेक इन्काउन्टर, कञ्चनपुर घटनामा प्रहरी जोडिएको घटना होस् । केही प्रहरीका कारण सिंगो संगठन बदनाम छ । उसै त लामाचौरको पुष्पा केसी प्रकरण सेलाएको छैन । कास्की प्रहरीले अन्त्यन्त गम्भिर भएर अनुसन्धान अघि बढायो । कास्की प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्की सहितको जिल्ला टीमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो । सुरुमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरियो । कुशुम पौडेलले घर जाँदा बाटोमा भेटिएकी श्रीयालाई आफूले बलात्कारपछि हत्या गरेको स्विकार गरे । हेर्नुहाेस भिडियाे सहित

    सम्बन्धित खवर