पोखरा पुम्दीभुम्दीकी १० बर्षिया श्रीया बलात्कार र हत्याको २७ बर्षीय कुसुम पौडेललाई पक्राउ गरी आज सार्बजनिक

पोखरा पुम्दीभुम्दीकी १० बर्षिया श्रीया बलात्कार र हत्याको २७ बर्षीय कुसुम पौडेललाई पक्राउ गरी आज सार्बजनिक

  • , 11.7K जनाले हेर्नुभयो
  • 11.7K
    SHARES

  • पोखरा पुम्दीभुम्दीकी १० बर्षिया श्रीया बलात्कार र हत्याको  २७ बर्षीय कुसुम पौडेललाई पक्राउ गरी आज सार्बजनिक

    पोखरा महानगरपालिका वडा नं २२ छहरा कोदिकी बालिका श्रीया सुनारको बलात्कार पछि हत्या गर्ने हत्यारालाई कास्की प्रहरीले बुधबार  सार्वजनिक गरेको छ । प्रहरीले सोही स्थानका लेवर काम गर्ने अभियुक्त २७ बर्षीय कुसुम पौडेललाई पक्राउ गरी आज सार्बजनिक गरेको हो ।

    स्थानीय श्री लिला आधारभूत बिद्यालय कक्षा ३ मा अध्यानरत श्रीया नजिकै रहेको मामा कृष्ण सुनारको घरमा बस्दै आएकी थिइन् । साँझ साढे ५ बजेको समयमा बिस्कुट किन्न निस्किएकोमा बाटैमा उनको बलात्कार पछि हत्या भएको थियो । बिस्कुट किन्न निस्किएकी श्रीया साँझसम्म घर नफर्केपछि उनको खोजिकार्य शुरु भएको थियो । तर, राती अबेरसम्म पनि उनको पत्तो लागेको   थिएन ।

    भोलिपल्ट बिहानैदेखी उनको खोजिकार्य शुरु गरिएकोमा मंगलबार बिहान सवा ८ बजेको समयमा कोदी स्थित वरालहरुको कुल मन्दिरको पूर्ब तर्फ रहेको भिरालो जंगलमा घोप्टो परेको अवस्थामा शब फेला परेको थियो ।

    यस्तो थियो घटना –

    सोमबार दिउँसो ११ बजेदेखी नै स्थानीय हेम बहादुर विकको भट्टीमा कुसुम पौडेल, प्रकाश वराल लगायतका ब्याक्तिहरु रक्सी पिएर बसिरहेका थिए । झन्डै १ घन्टा उक्त भट्टीमा रक्सी पिएपछि बाँकी रक्सी लिएर माथी डाँडामा रहेको उदय केसीको घरमा गई पुनः रक्सी पिउन थाले, त्यतिबेलासम्म अर्का साथी राजकुमार विक पनि रक्सी पिउने कार्यक्रममा मिसिन आइपुगेका थिए । रक्सी धेरै नै पिएकाले  कुसुमलाई रक्सीको नशाले लट्ठ पारिसकेको थियो । अन्दाजी ४ :४५ बजे त्यहाँ बाट निस्किएपछि कुसुम चुरोट किन्न भनि तल पसल तीर झर्दै थिए। झर्दै गर्दा कुसुमले श्रीया पनि तल ओर्लंदै गरेको देखे । मन्दिर सहित नजिकै रहेको पुरानो घर अगाडी पुगेर कुसुमले श्रीयालाई चकलेट खाउ भनेर ५ रुपैया दिए ।  त्यसपछि कुसुमले १० मिटर तल रहेको अर्को पुरानो घर र सेफ्टी ट्यांकीको बीचमा पुगेर पुनः १० रुपैयाँ देखाएर ललाईफकाई जबर्जस्ती गर्न थाले, उनको जबर्जस्ती पछि श्रीयाले प्रतिकार गरिन ।

    श्रीया चिच्याउन थालेपछि कुसुमले उनलाई समातेर झाडीमा फाले र उनको कपडा खोलेर जबर्जस्ती गर्न थाले । पीडाले श्रीया फेरी कराउन थालिन ।  अरुले थाहा पाउने डरले कुसुमले दुवै हातले उनको घांटी थिचेर जबर्जस्ती गर्न थाले । घांटी थिचिएपछी श्रीया बेहोस भइन, बेहोस उनलाई देखेपछी कुसुमले मरी भन्ने ठानेर नजिकै रहेको ढुंगाले टाउको र अनुहारमा हिर्काए र ढुंगाले टाउको थिचेर त्यहि बाटो बासघारी हुँदै सडकमा निस्किए । सडकमा निस्किएपछि पानीको मूलमा पुगेर हात खुट्टा धोए र नजिकै रहेको निरज खाजा घरमा पुगेर चुरोट किनेर पिउन थाले ।  उनले चुरोट पिउंदै गर्दा श्रीमतीले देखिन । दुध किन्न आएकी उनले श्रीमान कुसुमलाई हिड घर जाउँ भन्दै बोलाएर संगै घर तर्फ लागे ।

    घटनामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी नायव उपरीक्षक रविन्द्र मान गुरुङ र वडा प्रहरी कार्यालय वैदामबाट प्रहरी नायव उपरीक्षक नविन कार्कीको कमाण्डमा बिशेष अनुसन्धान टोली गठन गरी घटनाबारे सुक्ष्म अध्ययन गर्दै जाँदा मंगलबार राती करिब ८ :३० बजेको समयमा प्रहरीले कुसुम सहित अन्य ५ ब्याक्तिलाई पक्राउ गर्यो ।  पक्राउ पश्चात अनुसन्धान गर्दै जाँदा सोही स्थान बस्ने बर्ष २७ का कुसुम पौडेलले आफ्नो संग्लनता रहेको स्वीकार गरे । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोस्टमार्टम रिपोर्टले बलात्कार भएको र टाउकोमा गम्भीर चोट लागेर श्रीयाको मृत्यु भएको प्रमाणित गरिसकेको छ।

    यता बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग सयौंको संख्यामा उपस्थित भएका स्थानीयले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । प्रदर्शनकारीले लगातार बलात्कार, हत्या हिंसा बढ्दै गर्दा प्रशाशनले त्यसलाई रोक्न नसकेको उनीहरुले आरोप लगाएका छन् । बलात्कार पछि हत्या गर्नेलाई फांसीको सजाय गरी आफुहरुलाई अमन चयन संग बाँच्ने वातवरण मिलाइदिन उनीहरुले आग्रह गरेका छन् ।

    सम्बन्धित खवर