डलरको लोभमा दलालहरुले धर्म निरपेक्ष बनाए, माला जप्ने हिन्दुका हातहरुले अब भाला उठाउने हेर्नुहोस भिडियो सहित

डलरको लोभमा दलालहरुले धर्म निरपेक्ष बनाए, माला जप्ने हिन्दुका हातहरुले अब भाला उठाउने हेर्नुहोस भिडियो सहित

  • , 2.9K जनाले हेर्नुभयो
  • 2.9K
    SHARES

  • डलरको लोभमा दलालहरुले धर्म निरपेक्ष बनाए, माला जप्ने हिन्दुका हातहरुले अब भाला उठाउने  हेर्नुहोस  भिडियो सहित

    नेपाल आजले विश्व हिन्दुमहासंघकी महासचिव अस्मिता भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंशः
    नेपाललाई दलालहरुले डलरको लोभमा धर्म निरपेक्ष बनाएको भण्डारीको आरोप छ । गाई प्रति मानिसको धार्मिक सद्धभाव रहेकोले गाईलाई अन्य जनावरसँग तुलना गर्न नमिल्ने उनको तर्क छ । यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई देशमा जनताको भावनामा घात गरेको बताईँन् । अहिले आएर उनीहरुमा आफूले गरेको कार्यप्रति आत्मगलानी भएको उनले बताईन् ।

    भण्डारीले भनिन्, प्रचण्डले ८४ प्रतिशत जनताको लोकतान्त्रिक अधिकार खोसेका छन् । जसको सराप अहिले बाबुरामलाई लागेको छ । राजनीतिका नाममा जनभावना विपरित कार्य नगर्न उनले सबै नेतालाई सुझाव दिएकी छन् । अहिले नेताहरुले देशलाई बन्धक बनाएको भन्दै उनले अब काम गर्न नसक्ने भए पछाडि हट्न सुझाईन् ।

    विभिन्न आरक्षणको नाममा निर्वाचनबाट संसदमा आएकाहरु अयोग्य, अक्षमतावान र चेतनाको कमी भएका व्यक्तिहरु हुनाले यस्तो अभिव्यक्ति आएको उनको बुझाई छ । भण्डारीले भनिन, युरोपियन युनियनले राजनीतिक दलहरुलाई डलर दिएर निर्वाचनमा ठूलो सहयोग गरेकाले नै हिन्दु राष्ट्रको एजेण्डा बोकेका दलहरुले पैसाको अगाडि निरह बन्नु परेको छ ।

    कसैबाट पनि देशलाई धर्म र जातिका नाम दन्द्धको स्थिती सिर्जना नगराउने राष्ट्रिय एकता र सद्धभावमा नखल्बलाउन उनको सुझाव छ । हिन्दु धर्मावलम्बीहरुको सोझोपनाको फाईदा उठाउने काम गरेको खण्डमा हिन्दृुहरु माला मात्र जपेर बस्दैनन्, माला जप्ने हातहरु भाला उठाउन पनि तयार रहेको उनले बताईन् । यसको जफावदेही अहिले यस्ता अभिव्यक्ति दिनेले हुनुपर्ने भण्डारी भनिन् ।

    सम्बन्धित खवर