बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ

बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ

  • , 10.9K जनाले हेर्नुभयो
  • 10.9K
    SHARES

  • बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ

    काठमाडौं– बिराटनगर महानगरपालिकाको कार्यालय परिसरभित्र बम विष्फोट गराउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

    गत साउन २७ गते दिउँसो बिराटनगर महानगरपालिका– ७ स्थित महानगरका मेयरको कार्यकक्षबाहिर राखिएको सोफा मुनी अज्ञात समूहले राखेको बम विष्फोट भएको थियो ।

    मेयरको कार्यकक्ष बाहिर प्यासेजमा बम विष्फोट गराउने कार्यमा संलग्न सिराहाका अभिमनु गिरी, मोरङका मनोज कुमार सिंह र सिराहाका राम रिझन यादवलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्त्रिकारी)  समुहमा आवद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

    पक्राउ परेकाहरुले भुमिगत समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्त्रिकारी) को योजना अनुसार विष्फोट गराएको प्रारम्भिक बयान दिएका छन् ।

    प्रदेश नम्बर १ र प्रदेश नम्बर २ प्रहरी कार्यालयको सहयोगमा पक्राउ परेकाहरुमाथी बिष्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    सम्बन्धित खवर