सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु

सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु

  • , 5.1K जनाले हेर्नुभयो
  • 5.1K
    SHARES

  • सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु Nepalisandes.com

    १३ भदौ, दाङ । सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । एकजना बालिकाको भने जिवितै उद्धार गरिएको छ ।

    घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका थिए ।

    घटनास्थलमा स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । अहिले सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल प्रस्थान गरिसकेको छ ।

    घटनास्थल सीमाखोली प्रहरी इकाइबाट करिब सात किलोमिटर पूर्वमा पर्दछ ।source:ratopati

    सम्बन्धित खवर