ओली सरकार राज्यसत्ता कब्जा तर्फ अगाडि बढ्दैछ : डा शेखर कोइराला (पार्टी बैठकमा पेश गरेको डकुमेन्टसहित)

ओली सरकार राज्यसत्ता कब्जा तर्फ अगाडि बढ्दैछ : डा शेखर कोइराला (पार्टी बैठकमा पेश गरेको डकुमेन्टसहित)

  • , 3K जनाले हेर्नुभयो
  • 3K
    SHARES

  • ओली सरकार राज्यसत्ता कब्जा तर्फ अगाडि बढ्दैछ : डा शेखर कोइराला (पार्टी बैठकमा पेश गरेको डकुमेन्टसहित)

    काठमाडौं– काँग्रेस नेता डा.शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारले मुलुकमा अधिनायकवाद ल्याउने आरोप लगाएका छन् ।

    पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य डा.कोइरालाले अहिलेको कमजोर काँग्रेस अधिनायकवादका विरुद्ध लड्न नसक्ने पनि बताएका छन् ।

    ‘कम्युनिष्टहरुको प्रचण्ड बहुमतको नेतृत्व गरेका ओली सरकारका प्रारम्भिक क्रियाकलापहरुले नै मुलुकमा अधिनायकवाद निम्त्याउँने संकेत देखिइसकेको छ । यो सरकार राज्यसत्ता कब्जाको गर्ने तर्फ अगाडि बढ्दैछ । न्यायपरिषदको सचिवले प्रधानन्यायधिसलाई बर्खास्त गर्नु अधिनायकबादको प्रवेशको पहिलो खुड्किलो हो ।’ कोइरालाले भनेका छन्, ‘ओली सरकारले अब बिस्तारै थाहा नपाउँने तरिकाले मिडिया सेन्सरसिप लगाउँछ । त्यसपछि सुरक्षा निकाय कब्जा गर्छ । काँग्रेसले अधिनायकवादका विरुद्ध लड्न नसक्ने होइन तर अहिलेको यस्तो काग्रेंसले अधिनायकवादका विरुद्ध लड्न सक्दैन ।’

    नेता कोइरालाले निर्वाचनमा काँग्रेस हारका सात कारण देखाएका छन् । एमाले र माओवादीले एउटै घोषणापत्र र स्थिर सरकारको नारा लिएर जानु, सभापतिले माओवादीप्रति पुरै भरोसा गर्नु, अनाबश्यक रुपमा लोकतान्त्रिक गठबन्धन बनाउनु, प्रहरी प्रमुखको नियुक्ति प्रकरण, महाअभियोग प्रकरण अनि राजदुत नियुक्तिमा आर्थिक चलखेललाई उनले काँग्रेस हारको कारण मानेका छन् ।

    यसबाहेक उनले निर्वाचनमा पार्टी परिचालन नहुँनु, भागबन्डा र गुट उपगुटको आधारमा र उम्मेद्वार बनाइनु र नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्नु काँग्रेस हारको कारण रहेको डा.कोइरालाको भनाई छ ।
    उनले अव पार्टीले लिनुपर्ने कदमवारे पनि ६ बुँदे सुझाव दिएका छन् ।

    बैठकमा राखेको मन्तब्यको संम्पादित अंश

    सर्बप्रथम, स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएर दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराईरहनुभएका केन्द्रीय सदस्य खुमबहादुर खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र उपचारका निम्ति उहाँलाई आर्थिक समस्या परेकाले सहयोगका निम्ति पार्टीको ध्यानाकर्षण गराउँदछु । पार्टी र लोकतन्त्रका निम्ति आफ्नो सम्पूर्ण जीवन बिताउँनु भएका खड्काकोबारेमा पार्टी बेखबर हुनु दुर्भाग्य हो ।
    संबिधानसभाबाट जारी गरिएको संबिधानलाई नै च्यालेन्ज गर्ने गरी यूरोपियन यूनियनले गम्भिर र आपत्तीजनक प्रतिवेदन सार्बजनिक गरेर नेपाललाई जातिय द्घन्दमा लैजान लागेको छ । यसले कतै नेपाल अन्तराष्ट्रिय शक्तिहरूको खेल मैदान त बन्दै छैन भनेर हामीलाई झस्काएको छ ।

    १. प्रचण्ड प्रधानमन्त्री हुने बितिकै मैले सभापतिज्यूलाई भनेको थिएँ–पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिष्टले कब्जा गर्छ । हो आज हामी त्यहीँ बिन्दुमा आईपुगेका छौं ।

    २. पार्टी सभापतिज्यू सायद स्थानीय निर्वाचनपछि चितवन जानुभएको छैन होला । यदि गएको भएपनि कार्यकर्तालाई भेट्नुभएको छैन होला । महामन्त्रीजी धेरै पटक जानुभयो तर कार्याकर्तासँग राम्ररी संवाद भएको छैन होला । चितवनका कार्याकर्ताले हामीलाई सोध्न थालेका छन् –एकपटक हसिँया हथौडामा भोट हाल्न भन्नुभयो, अर्कोपटक हलोमा । अब आउँने निर्वाचनमा हामीले के मा भोट हाल्ने ? सभापतिजी हामीले कार्यकतालाई के जवाफ दिने ?

    ३. जुन पार्टीभित्र आजसम्म पनि कम्युनिष्टहरुसँगको सहकार्यको परिणामले देश र जनतालाई हित गर्यो कि गरेन भन्ने बहस छ । त्यहीँ पार्टीको केन्द्रीय सभापतिले माओवादीको आमसभामा गएर हसिँया हथौडामा भोट माग्दा अन्य ठाउँमा माओवादीसँगै प्रतिस्पर्धा गरिरहेका काग्रेंसका उम्मेद्वारहरुको मनोबल कहाँ पुग्यो होला ? source:ratopati

    सम्बन्धित खवर