गोरखा, पर्वत र बागलुङमा पहिरो : तीनको मृत्यु, ६ सम्पर्कविहीन, तीन दर्जन घर पुरिए

गोरखा, पर्वत र बागलुङमा पहिरो : तीनको मृत्यु, ६ सम्पर्कविहीन, तीन दर्जन घर पुरिए

  • , 7.5K जनाले हेर्नुभयो
  • 7.5K
    SHARES

  • गोरखा, पर्वत र बागलुङमा पहिरो : तीनको मृत्यु, ६ सम्पर्कविहीन, तीन दर्जन घर पुरिए

    २ साउन, काठमाडौं । अविरल वर्षापछि आएको पहिरोले गण्डकी प्रदेशका बिभिन्न जिल्ला प्रभावित भएका छन् । गोरखा, पर्वत र बागलुङमा बढी क्षति पुगेको छ । तीन जिल्लामा गएका तीन पहिरोमा तीनजनाको मृत्यु भएको छ भने ६ जना सम्पर्कविहीन छन् । पहिरोमा तीन दर्जन घर पुरिएका छन् ।

    गोरखा : पहिरोमा घर पर्यो, ८ महिना बालकसहित तीनको ज्यान गयो

    शहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेँरीमा पहिरोले घर पुर्दा आठ महिने बालकसहित तिनजनाको ज्यान गयो । बुधबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षिय सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको हो । सरु र युनिक आमा छोरा हुन् ।

    ‘बिहान ६ः३० बजेतिर पहिरोले घरको पछाडिको भाग पुरेको र स्थानीयले बन्चरोले कोठा फोडेर हेर्दा उनीहरु मृत भेटिएका हुन् । जाने बाटो नै पहिरोले रोकिएका कारण सेना र प्रहरी टोली जान सकेको छैन । ‘वैकल्पीक बाटोको प्रयोग गरि सेना र प्रहरी पुग्दैछन्,’ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराइले भने।

    पर्वत : दुई दर्जन घर बगे, ६ जना सम्पर्कविहीन
    मंगलबार रातिदेखि मसलधारे वर्षा भएपछि बढेको लस्ती खोलाले किनारमा गरेको कटानसँगै माथिबाट झरेको पहिरोका कारण जलजला–८ लस्तीका बमबहादुर परियार लगायतका केही घर पुरिएका छन् । ६ जना बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा बमबहादुरका १६ वर्षिय छोरा विकास परियार र अन्य ५ जनाको नामठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    लस्तीखोलाले कटान गर्दा लस्तीको बरेनेटा नजिकैको गाउँ नै पहिरोको चपेटामा परेको हो । राति करिव १ बजे खसेको पहिरोले बरेनेटाका अरु १६ घर पहिरोले पुरिएपछि त्यहाँका बासिन्दा सुरक्षित स्थानतर्फ सरेका थिए । रातको समय भएकोले कतिजना बेपत्ता छन् भन्ने एकिन छैन ।

    घटनास्थलमा मिलनचोक प्रहरी चौकीका सहायक निरीक्षक लगायतको टोली राति नै पुगेपनि वर्षा नरोकिएकोले उद्दारमा कठिनाई भएको प्रहरी कार्यालयले जनाएको छ ।

    बागलुङ : दुई दर्जन घरमा क्षति
    ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेका पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । दर्जन पक्की घरमा समेत क्षति पुगेको छ ।

    बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ। यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको केही खण्ड पनि पुरेपछि बुधबार रात्री सेवा र बिहीबार बिहान छुट्ने सवारी अलपत्र परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ११ घरमा पूर्ण क्षति, १२ घरमा आंशिक क्षति पुगेको हो। त्यस्तै २ वटा ग्रील उद्योग, १ फर्निचर र १ कुटानी पिसानी मिल पुरिएको छ।

    बजारभर हिलो पसेकोले पैदल हिँड्न पनि सास्ती भएको छ। तल्लो बजार तर्फको जनजीवन कष्टकर भएको यादवले बताए। पहिरो पीडितहरुको खाद्यान्न, लत्ताकपडा र पशुचौपाया समेत पुरिएका छन्-gorkhalikhabar

    सम्बन्धित खवर