सामान्य पेट दुखेर उपचार गर्न अस्पताल पुगेकी मनिषालाई सिकारु डाक्टरहरुले प्रयोगशाला बनाएर मरिदिए

सामान्य पेट दुखेर उपचार गर्न अस्पताल पुगेकी मनिषालाई सिकारु डाक्टरहरुले प्रयोगशाला बनाएर मरिदिए

  • , 7.3K जनाले हेर्नुभयो
  • 7.3K
    SHARES

  • सामान्य पेट दुखेर उपचार गर्न अस्पताल पुगेकी मनिषालाई सिकारु डाक्टरहरुले प्रयोगशाला बनाएर मरिदिए

    सामान्य पेट दुखेर उपचार गर्न अस्पताल पुगेकी मनिषा अब कहिल्यै फर्किने छैनन्, अस्पतालको लागि मनिषा बनिन् प्रयोगशाला, आफन्तले लगाए आरोपचिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको बिरामीका आफन्तले आरोप लगाएका छन् । सामान्य अवस्थामा अस्पताल पुगेकी छोरीको ज्यान जानुमा चिकित्सकको गल्ती भएको उनिहरुको आरोप छ । ललितपुरको सुमेरु अस्पलतमा २६ बर्षीय मनिषा निरौलाको मृत्युभएपछि आफन्तहरु आक्रोशित भएका हुन् । आफ्नी छोरीलाई चिकित्सकहरुले प्रयोगशाला बनाएर ज्यान लिएको आरोप मनिषा निरौलाकी आमाको आरोप छ ।

    आफन्तका अनुसार मेगा बैंकमा जागिर खाइरहेकी २६ वर्षीया मनिषा निरौला सामान्य पेट दुखेर सुमेरु अस्पतालमा भर्ना भएकी थिइन् । चिकित्सको सल्लाह अनुसारनै उनी अस्पताल भर्ना भएकी थिइन् । डाक्टरहरुले मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै भर्ना हुन आग्रह गरेपछि उनी अस्पताल भर्ना भएकी हुन् ।धापाखेलस्थित सुमेरु अस्पतालमा २५ दिनअघि भर्ना भएकी मनिषालाई अस्पतालले बुधबार राति मृत घोषणा गरेको स्थानीयको भनाइ छ । अस्पतालका अनुसार पेट दुखेकी मनिषाको मस्तिष्कघातका कारण मृत्यु भएको छ ।

    मृतकका आफन्तहरुका अनुसार मनिषालाई चिकित्सकहरुले मृगौलाको समस्याका कारण पेट दुखेको हुन सक्ने अड्कलका साथ अस्पतालमा भर्ना भएर उपचार गर्न भनेका थिए ।तर, २५ दिनपछि बिना कुनै रोगको निदान उनलाई मृत घोषित गरिएपछि आफन्तहरु आक्रोशित भएका हुन् । अहिले अस्पतालमा प्रहरी बाक्लो उपस्थित छ । मृतकका आफन्तले नाराबाजी गरीरहेका छन् ।

    विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि स¥यो
    काठमाडौँ, ३ साउन (रासस) ः चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ ।

    सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विधेयक आफ्नो सरकारको पालामा जारी भएको अध्यादेशको भावनाअनुरुप नभएको भन्दै संसद्मा पेश गर्नसमेत दिएको छैन । तर, सदनको आजको बैठकको दैनिक कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक २०७५ प्रस्तुत गर्ने कार्यक्रम थिएन । दैनिक कार्यसूचीमा सो विधेयक प्रस्तुत गर्ने कार्यक्रम नहुँदा पनि संसद्को बैठक बस्न सकेन ।

    आजको दैनिक कार्यसूचीमा अर्थमन्त्री डा युवराज खतिवडाले बीमा विधेयक, २०७५ प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।

    शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक फिर्ता नहुने तर सहमतिका लागि प्रयास जारी रहने बताउनुभएको छ । सदन बस्न नसकेपछि सूचना टाँस गरी एक हप्ताका लागि पछि सारिएको हो ।

    सदनको अर्काे बैठक यही साउन ११ गते दिनको १ बजे बस्नेछ ।

    डा केसीका मुद्दालाई राजनीतिक विषय बनाउन हुन्न ः नेपाल

    संसद् भवनबाट बाहिरिने क्रममा नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भन्नुभयो – “जुम्लामा आमरण अनशनरत प्रा डा गोविन्द केसीले उठान गरेका माग के कति जायज छन्, के कति जायज छैनन् भन्ने विषयमा अध्ययन हुनुपर्छ, जायज छन् भने सम्बोधन हुनुपर्छ, छैनन् भने यति कारणले छैनन् भन्नुपर्छ ।”

    उहाँले डा केसीका मुद्दालाई नेपाली काँग्रेसले राजनीतिक विषय बनाउन नहुने बताउनुभयो र शिक्षा र स्वास्थ्यका बेथिति र विकृति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

    नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दलले सार्वभौम संसद्को अधिकारलाई सम्मान गरेर चिकित्सा शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्न दिनुपर्ने बताउनुभयो ।
    -nepalisansar bata

    सम्बन्धित खवर