ससुराको काजकिरिया गर्न गएकी बुहारीलाई कुटियो, परिवारलाई बहिष्कार

ससुराको काजकिरिया गर्न गएकी बुहारीलाई कुटियो, परिवारलाई बहिष्कार

  • , 8.6K जनाले हेर्नुभयो
  • 8.6K
    SHARES

  • ससुराको काजकिरिया गर्न गएकी बुहारीलाई कुटियो, परिवारलाई बहिष्कार

    अर्जुनधारा, झापाः ससुराको काजकिरिया गर्न बुहारीलाई वञ्चित गर्ने झापा अर्जुनधारा-८ निवासी तिलक गौतमको परिवारलाई स्थानीय सिंहदेवी समाज सुधार समितिले सामाजिक बहिष्कार गरेको छ ।

    समितिका अध्यक्ष सूर्यबहादुर श्रेष्ठको अध्यक्षतामा आज आयोजित भेलाले गत असार २१ गते निधन भएका ससुरा खड्गप्रसाद गौतमकी कान्छी बुहारी २४ वर्षीया अमिता रिजाल गौतमलाई घरमै काजकिरिया गर्न नदिएसम्म उक्त निर्णय लागू हुने निर्णय गरेको छ ।

    ससुराको निधन भएको खबर पाएर काजकिरिया गर्न घरमा पुगेकी अमितालाई श्रीमान् तिलकसहित परिवारका सदस्यले गालीगलौज र हातपात गरेपछि स्थानीयवासी गौतम परिवारप्रति आक्रोशित भएका हुन् । हाल अमिता मेचीनगर-१० स्थित डेराघरमा दुई छोरी सात वर्षीय शैली र चार वर्षीय सृष्टिको साथमा कोराभित्र बसेकी छन् । रासस-satya khabar

    सम्बन्धित खवर