दुर्घटनाले विक्षिप्त परिवार, शोकमा गाउँ

दुर्घटनाले विक्षिप्त परिवार, शोकमा गाउँ

  • , 8.4K जनाले हेर्नुभयो
  • 8.4K
    SHARES

  • दुर्घटनाले  विक्षिप्त परिवार, शोकमा गाउँ

    लमही  ः  राप्ती गाउँपालिका – १ नयाँ बस्ती ६५ नम्बरकी मनहरी चौधरीका शुक्रबारदेखि आँखा ओभाएका छैनन् । उनको शरीर पनि ठाडो हुन सक्दैन । उनी बेडको बेड्मै छन् । श्रीमान सुवेर चौधरीको शुक्रबार मुस्ताङमा मुत्यु भएको खवर सुनेदेखि उनी विक्षिप्त छन् ।

    घर बनाएको ४० हजार ऋण तिर्नलाई कमाउन मुस्ताङ गएका आफ्ना श्रीमान् सुवेर चौधरीको शुक्रबार सवारी दुर्घटनामा परेर मृत्युको खबर खेतमा काम गर्दै गर्दा उनले सुनिन् अनि  टिभी र फेसबुकबाट पुष्टि गरेकी थिइन् । श्रीमानको मृत्युको खबरेले उनलाई नजिकैको घरसम्म पुग्न समेत धौ धौ भएको थियो ।

    मनहरीसँंगै घरको एक मात्र कमाउने व्यक्तिको  अकल्पनीय मृत्युको खबरले चौधरीका वृद्ध आमाबुवा र नाबालक छोराछोरी विक्षिप्त भएका छन् । श्रम र मजदुरी गरेर परिवार पाल्दै आएका सुवेरले घर बनाउँदा लागेको ऋण तिर्न मुस्ताङ पुगेका थिए ।

    गएको चैतमा स्थानीय रमेश घर्तीको सहयोगमा मुस्ताङ पुगेका चौधरी भदौमा घरमा आउने र ऋण तिर्ने योजनामा थिए । उनले घर बनाउँदा समुहबाट  ४० हजार रुपैयाँ ऋण लिएका थिए  । ‘त्यो भदौसम्म तिरिसक्नु पर्ने भाका छ, त्यही ऋण तिर्नलाई उहाँ मुस्ताङ जानु भएको थियो , अहिले उहाँले नै छोडेर जानु भयो, भक्कानिदै उनले भनिन्,‘मजदुरी गरेर खाने परिवार हाैँ, हामी सबैलाई विल्चलीमा पार्नु भयो ।’

    ३७ वर्षीय सुवेर घरमा हुँदा गाडी चलाउने काम गर्ने गरेका थिए । गाडी चालक भएर राम्रो कमाई नभएको भन्दै उनी बढी कमाएर छिट्टै ऋण तिर्न मुस्ताङ काम गर्न  गएका थिए । उनीलाई स्थानीय रमेश घर्तीले मुस्ताङ लैजान सहयोग गरेका थिए ।

    चौधरीको मृत्युले वृद्ध बुवाआमासहित ६ जनाको परिवारलाई कसरी पाल्ने भन्ने चिन्तालेसमेत मनहरीलाई सताई रहेको छ । सुवेरको शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा मुत्यु भएको छ

    सुवेरकी श्रीमती मनहरीले असारको सुरुवातदेखि नै उनीसँग कुनै सम्पर्क नभएको र फोन गर्दासमेत सम्पकै नहुने गरेको बताइन । सुवेरकी जेठी छोरी सुनीता चौधरी आर्थिक अभावकै कारण विद्यालय छोडेर घरमा बसेकी छन्।  भने छोरा सोना चौधरी स्थानीय विद्यालयमा कक्षा नौमा पढछन् र अर्की छोरी सरिस्मा सात कक्षामा पढछिन् ।

    राप्ती –१ नयाँ बस्तीकी कविता घर्तीको पनि सोही दुर्घटनामा मुत्यु भएको खबरले घरमा रहेकी १३  वर्षीया घोरी सिर्जना बेहोस जस्तै छन । ७० काटेमा सासु ससूरा स्तब्ध छन् । कविताको खरले छाएको एउटा घरमा छिमेकीहरुका शोक मनाउन बसेका छन् । कविता र उनका श्रीमान रमेश घर्तीसगै काम गर्न मुस्ताङ गएका थिए । रमेश मिस्त्री हुन् भने कविता मजदुरको रुपमा काम गर्ने गर्थिन् ।

    वैशाखमा मुस्ताङ पुगेकी कविताले राम्रो पैसा कमाएर छोरीलाई राम्रोसँग पढाउने  योजनामा थिइन् । स्थानीय बोडिङ स्कुलमा कक्षा सातमा पढदै गरेकी छोरी सिर्जनालाई उच्च शिक्षा पढाउने सोच उनको थियो । मुस्ताङमा दुर्घपरी दाङका ५ जनाको शुुक्रबार ज्यान गएको थियो ।

    रोल्पाका राष्ट्रे रोकाको परिवार पनि राप्ती गाउँपालिकामै बस्दै आएको छ । दाङ यो घटनाले शोकमा डुबेको छ । मुस्ताङ दुर्घटनामा दाङको राजपुर गाउँपालिकाका २ जना र राप्ती गाउँपालिकाका ४ जनाको मृत्यु भएको छ ।

    कामको लागि मुस्ताङ गएका दाङ राजपुर र राप्ती गाउँपालिकाका ६ जनाको मृत्युको खवरले पुरै गाउँ शोकमा छ । राजपुर गाउँपालिका १ गुरुङखोलाका २ जना , राप्ती गाउँपालिका ३ नयाँ बस्तीका तीन जना र हासिपुरका एक जनाको मुत्यु भएको छ । राजपुरका कमल बुढा, बालकुमार घर्ती, राप्ती गाउँपालिका १ नयाँ बस्तीका कविता घर्ती र सुवेर चोैधरी  र वडा नं ९ का शान्ति थापा र गुरुदत्त थापाकोे मृत्यु भएको छ ।

    गुरुदत्त र शान्ती श्रीमान श्रीमती हुन् । मृत्युको खबर सुनेर गाउँ शोकमा डुबेको छ । स्थानीय सूर्य चौधरीले घरमा आर्थिक स्थिति कमजोर भएर कमाउनका लागि उनीहरु मुस्ताङ गएको भन्दै मृत्युको खबरले गाउँ शोकमा रहेको बताए । मृतक कमल बुढा र र बालकुमार घर्तीको आर्थिक स्थिति कमजोर छ । गुरुङ खोलामा एउटा खरले बारेको घर र आठवटा बाख्रा बाहेक उनीसँगअरु केही छैन् ।

    हेलिकप्टरबाट शव ल्याइयो
    मुस्ताङमा शुक्रबार ट्रिपर दुर्घटनामा परी मुत्यु भएका दाङका छ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट दाङ ल्याइएको छ । दाङको राप्ती गाउँपालिकाका २ जना , राजपुर गाउँपालिकाका २ जना तथा  कैलाली र कपिलबस्तुका एक÷एक जनाको शव दाङ ल्याइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।

    उनले राप्ती गाउँपालिकाका दुई जना शान्ती थापा र गुरुदत्त थापाको शव परिवारले पोखरामा नै बुझि सकेको बताए । उनका अनुसार दुर्घटनामा दाङका ६ जनाले ज्यान गुमाएका छन । शवको लमही अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइने दाङ प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित खवर